आइतबार, मंसिर ९, २०८१
  • गृहपृष्ठ
  • समाचार
  • पीडित भन्छन् - बाँदर नियन्त्रण आवश्यक, संरक्षक भन्छन् - बाँदर संस्कृति हो, निकासी गर्नुहुँदैन 

बाँदर आतंक
Siddartha premir insuranceSiddartha premir insurance

पीडित भन्छन् - बाँदर नियन्त्रण आवश्यक, संरक्षक भन्छन् - बाँदर संस्कृति हो, निकासी गर्नुहुँदैन 

 |  मंगलबार, माघ १६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १६, २०८०

काठमाडौं- बाँदरले बालीनाली र घरमा भएको अन्‍न पनि खाने गरेको भन्दै नियन्त्रण आवश्यक रहेको बताएका छन्। पोखरा महानगरपालिका–१९ ले बाँदर नियन्त्रणका लागि रुख कटानी गर्ने सूचना जारी गर्‍यो। यसअघि प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृति स्रोत समितिले पनि बाँदर नियन्त्रणका लागि निकासी गर्नुपर्ने अथवा बन्ध्याकरण गरिनुपर्ने विषयमा छलफल गरेको थियो। 

triton college

तर, बाँदर संरक्षकहरुले भने बाँदर निकासी गर्न नहुने तर्क गरेका छन्। बाँदरबाट पीडित भएको भन्दै स्थानीयले गुनासो गरेपछि पोखरा महानगर वडा नम्बर १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले आफूले निकालेको सूचनामा कुनै नराम्रो विषय नरहेको बताएका छन्। 

अध्यक्ष पाण्डेले लामाचौर, पुरुन्चौर बाँदर अति प्रभावित क्षेत्र घोषणा गर्दै १० दिनभित्र आ–आफ्ना घरवरपरका रुख काट्न सूचना प्रकाशित गरेको विषयमा अहिले विभिन्न टीकाटिप्पणी भइरहेको छ। आफ्नो निर्णयको सर्वत्र आलोचना गरिएपछि बाँदरका बारेमा नजानेकाहरूले यसरी टीकाटिप्पणी गरेको उनको भनाइ छ।

बाँदरको समस्या आफ्नो क्षेत्रमा गम्भीर रूपमा रहेको र पकाएको खानेकुरा समेत खान नपाउने अवस्था सिर्जना भइसकेकाले यो निर्णय लिनुपरेको उनले बताए। उनले आफ्नो क्षेत्रका नागरिकले बाँदर नियन्त्रण गरिदिए आउँदो १० वर्षसम्म आफूहरूलाई केही नचाहिने कुरा राखेको सुनाए।

गाउँका सबै रुख काट्ने कुरा नगरेको भन्दै उनले ठूला र बाँसका झ्याङको फँडानी गर्न आग्रह गरिएको उल्लेख गरे। काटिएका रुखका स्थानमा लप्सी, काफललगायत बोटबिरुवा र फलफूल लगाउने अभियान आफूहरूको रहेको उनले बताए। ठूला रुख काट्नु समस्याको प्राथमिक उपचार भएको उनको जिकिर छ। तर, रुख काट्दैमा बाँदर सबै नियन्त्रण हुने कुरा आफूहरूले नगरेको उनले स्पष्ट पारे।

Metro Mart
vianet

'हाम्रो यहाँ बाँदर नियन्त्रण समिति बनेको थियो। बाँदरको बारेमा नजानेका मानिसहरूले भन्नु स्वाभाविक नै हो, सहरकाहरूले भन्नु। वास्तविक यहाँ धेरै गम्भीर तरिकाको छ,' उनले भने, 'बालीनाली भित्र्याउन त परको कुरा, पकाएको भात समेत खान पाएका छैनन्। जनता ‘हामीलाई बाटो चाहिएन, अरू विकास चाहिएन, बाँदर नियन्त्रण गर्नुपर्छ’ भन्छन्। बाँदर नियन्त्रण गरे अरू १० वर्ष केही बनाउनु पर्दैन भन्ने छ। चर्को जनदबाब छ।'

तर, संरक्षणविद्हरूले भने बाँदरको निकासी गर्नु नहुने तर्क गरेका छन्। राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै संरक्षणविद्हरूले बाँदरको निकासी गर्न नहुने धारणा राखेका हुन्। उनीहरूले बाँदर नेपालको संस्कृतिसँग पनि सम्बन्धित भएको भन्दै नेपाली संस्कृति मास्नेगरी निकासी गर्न नहुने बताएका छन्। 

बैठकमा बोल्दै संरक्षणविद् तथा नेपाल सरकारका पूर्वसचिव डा. उदयराज शर्माले नेपालमा पटक–पटक बाँदर निकासीको कुरा उठ्ने गरेको भन्दै त्यसो गर्नु नहुने बताए। उनले बाँदरको निकासी गरेर आक्रमण कम नहुने बताए। बाँदरले दुःख दिएको अवस्थामा सरकारले निर्णय गरेर मार्न भने सकिने धारणा राखे।

संरक्षित जनावरलाई मात्रै मार्न नपाउने नेपालको विद्यमान कानुन रहेको उल्लेख गर्दै उनले रातो बाँदर संरक्षित जनावरभित्र नपर्ने स्पष्ट पारे। यद्यपि, बाँदर शिकार गर्ने जनावर पनि नभएको भन्दै उनले दुःख दिएमा सरकारले निकास दिन सक्ने बताए।

पछिल्लो समय मानव र वन्यजन्तुका बीचमा द्वन्द बढ्दै गएको भन्दै उनले अधिक वन्यजन्तुप्रेमी हुनुपनि आवश्यक नभएको बताए। बैठकमा बोल्दै लेखक अश्विनकुमार पुडासैनीले पोखरा–१९ का वडाध्यक्षले ‘मेरो रुख म काट्छु’ अभियानको नाममा आफ्नो घर वरपरको रुख काट्न निर्देशन जारी गरेको प्रसंग निकाल्दै त्यो समाधानको बाटो नभएको बताए। उनले रुख काटेर बाँदरको समस्या समाधान नहुने बताए।

त्यस्तै, निकासी गरेर वा मारेर पनि समस्याको समाधान नहुने उनको भनाइ छ। समस्या समाधानका लागि बस्तीलाई व्यवस्थित र प्रकृतिमैत्री बनाउनुपर्नेमा उनले जोड दिए।

उनले भने, 'पोखरामा वडा अध्यक्षले बाँदरले दुःख दियो, त्यहाँ भएको रुख काट भन्नुभएछ। त्यो समाधान होइन। रुख काटेर समाधान हुँदैन। बाँदर मारेर पनि समाधान हुँदैन। बाँदर निकासी गरेर पनि समाधान हुँदैन। वन्ध्याकरण गर्नुपर्‍यो भनेर पनि भन्न थालेका छन्। त्यो पनि समाधान होइन। समाधान के हो त भन्दा जो पीडित छन्, ती पीडितहरू त्यो क्षेत्रमा पुगेर र हाम्रो अवस्था के छ, त्यो हेरेर हाम्रो सांस्कृतिक परम्पराका कुरालाई पनि ध्यान दिएर के हो त समाधान ? हामी समाधान यसरी हेर्न सक्नुपर्‍यो।'

प्रकाशित: Jan 30, 2024| 16:45 मंगलबार, माघ १६, २०८०
प्रतिक्रिया दिनुहोस्