सोमबार, भदौ ३०, २०८२

अख्तियारद्वारा लुटपाट एवं चोरी गरिएका सामान बुझाउन आग्रह

 |  सोमबार, भदौ ३०, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ३०, २०८२

vianetvianet

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यही भदौ २४ गतेको आन्दोलनका क्रममा आयोग र मातहतका कार्यालयहरुबाट लुटपाट एवं चोरी भएका सामान बुझाउन अनुरोध गरेको छ।

Kumaribank

आयोगले उक्त सामग्रीहरू काठमाडौँको हकमा प्रहरी वृत्त मालीगाउँ, काठमाडौँ वा यस आयोगको कार्यालय टङ्गालमा र आयोगका मातहत कार्यालयको हकमा तत्तत् कार्यालय वा नजिकको प्रहरी कार्यालयमा आई सामान बुझाई दिनसमेत अनुरोध गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालले एक सार्वजनिक सूचना प्रकाशित गरी भदौ २४ गते आन्दोलनका क्रममा यस आयोग र मातहतका कार्यालयहरु (इटहरी, हेटौँडा, पोखरा, बुटवललगायत) मा भएको तोडफोड, आगजनी र चोरी एवं लुटपाटबाट सवारीसाधनहरु (चारपाङ्ग्रे र दुईपाङ्ग्रे), टिभी, कम्प्युटर सेट, माइक्रो ओभन, विभिन्न साइजका हार्ड डिस्क, स्क्यानर, क्यामरा, आइप्याड, मोबाइल, ल्यापटप, हिटर, पङ्खालगायत सामानहरु लुटपाट एवं चोरी भएकाले उक्त सामान बुझाउन अनुरोध गरेको हो । 

‘उक्त तोडफोड र चोरीमा संलग्नहरुको सिसिटिभी फुटेजमार्फत पहिचान गर्ने कार्य भइरहेको हुँदा कोही कसैले आयोग र आयोग मातहत कार्यालय परिसरबाट यस्ता सामग्री लिएको वा प्राप्त गर्नुभएको भए उक्त सामग्रीहरु काठमाडौँको हकमा प्रहरी वृत्त मालीगाउँ, काठमाडौँ वा यस आयोगको कार्यालय टङ्गालमा र आयोगका मातहत कार्यालयको हकमा तत्तत् कार्यालय वा नजिकको प्रहरी कार्यालयमा आई सामान बुझाई दिनुहुन अनुरोध छ। अन्यथा कानुनबमोजिम भइजाने व्यहोरासमेत जानकारी गराइन्छ,’ आयोगद्वारा प्रकाशित सूचनामा उल्लेख गरिएको छ।

प्रकाशित: Sep 15, 2025| 13:39 सोमबार, भदौ ३०, २०८२
प्रतिक्रिया दिनुहोस्