सोमबार, वैशाख २४, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भारतले स्वीकृती दिएको भनिएको आईएलएस प्रणाली के हो? 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भारतले स्वीकृती दिएको भनिएको आईएलएस प्रणाली के हो? 

 |  बिहीबार, जेठ १८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १८, २०८०

triton college
corrent noodles
Metro Mart

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उपकरणमा आधारित अवतरण प्रणाली ‘इन्स्ट्र्युमेन्ट ल्यान्डिङ सिस्टम’ (आईएलएस) प्रणालीमार्फत उडान सञ्चालनको बाटो खुलेको बताएका छन्।
नेपाल पक्षले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलका लागि महेन्द्रनगर र भैरहवाबाट थप अतिरिक्त हवाइ रुट माग गरेको थियो। तर, भारतले भने उक्त विषयमा सहमति दिएन। 
भारतीय अधिकारीहरुले भैरहवानजिकैको गोरखपुर लाइनमा आफ्नो सैन्य बेस भएको जनाउँदै सुरक्षाका कारण हवाई रुट दिन नसक्ने तर्क गर्दै आएको वार्तामा सहभागी एक नेपाली अधिकारीले जानकारी दिए। 
 यद्पि भारतले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आईएलएस प्रणाली सञ्‍चालनको स्वीकृति दिएको संयुक्त पत्रकार सम्मेलनका क्रममा प्रधानमन्त्री प्रचण्डले बताएका छन्। 
'भारत सरकारले नेपाल–भारत सीमा नजिक रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट 'आईएलएस'बाट उडानसम्बन्धी स्वीकृति दिएकोमा प्रशंसा गर्दछु। यसबाट सुरक्षित र पूर्णक्षमतामा हवाई उडान हुनेछ,' प्रधानमन्त्री दाहालले भने। उनले नवनिर्मित भैरहवा र पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका विभिन्न सहरमा उडानको अपेक्षा गरेको बताए।
प्रधानमन्त्री प्रचण्डले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई देशबीचको उडानको सम्भावना भएको र भारतबाट अतिरिक्त हवाई प्रवेश विन्दु दिन सकारात्मक रहेको पनि जानकारी गराए।। उनले भने, 'भैरहवा विमानस्थलबाट एटीआर एयरक्रयाफ्टको उडान सम्भव भइसकेको छ । अब, महेन्द्रनगरबाट हवाई प्रवेश विन्दुको अनुमतिका लागि हामीले भारत सरकारसमक्ष अनुरोध गरेका छौँ।'
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल विसं २०७९ जेठ २ देखि व्यावसायिकरूपमा सञ्चालनमा आएको हो।
के हो आईएलएस प्रणाली? 
यसअघि भारतले सुरक्षाको कारण देखाउँदै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आईएलएस (इन्स्टुमेन्टल ल्याण्डिङ सिस्टम) प्रणाली प्रयोगमा पनि अनुमति दिएको थिएन। तर, प्रचण्डले अहिले भारतले आईएलएस प्रयोग गर्न सहमति जनाएको आफ्नो सम्बोधनमा खुलाएका छन्।
आईएलएस यस्तो प्रणाली हो कि जसले बाक्लो बादल लागेको समयमा स्वचालित रुपमा विमानलाई ल्याण्डिङङ गर्न दिशानिर्देश गर्दछ।
भैरहवा आसपासको क्षेत्रमा हिउँदमा एकदमै बाक्लो हुस्सु र बादल हुने भएकोले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि आईएलएस प्रणाली अत्यावाश्यक थियो। 
नेपालको हवाई रुटमा अहिले एक मात्रै सिमरा प्रवेश बिन्दु मात्रै छ। पश्चिमी रुटबाट आउने विमानहरुले सिमरा भएर पोखरा र गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवा जानुपर्ने अवस्था छ। 
सिमरा भएर नेपाल प्रवेश गर्दा विमानहरु धेरै समय हवाई ट्राफिक जाममा पर्ने र इन्धन पनि बढी खपत हुने भएकोले कम्पनीहरुले पोखरा र भैरहवामा उडान भर्न रुचि देखाएका छैनन्। 
आईएलएस प्रणाली सञ्चालनमा आउने वित्तिकै जुनसुकै मौसममा पनि जहाजले उपकरणमा आधारित प्रणालीमा रहेर जहाज अवतरण गराउन सक्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेले बताए। यसअघि यो प्रणाली जडान भए पनि नेपाल भारत सीमाका कारण भारतबाट सञ्चालनको अनुमति नआउँदा जाडो याममा हुस्सु लाग्दा जहाजले उडान नै रद्द गर्नुपरेको थियो।
हाल विमानस्थलमा सामान्य अवस्थामा विमान अवतरणका लागि एक हजार पाँच सय मिटर भिजिविलिटी आवश्यक पर्छ। तर आईएलएस कार्यान्वयन हुँदा कम्तीमा आठ सय मिटरको भिजिविलिटीमा पनि विमान अवतरण गराउन सकिन्छ।

प्रकाशित: Jun 01, 2023| 19:50 बिहीबार, जेठ १८, २०८०
प्रतिक्रिया दिनुहोस्