मंगलबार, साउन ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अनुराधा भन्छिन्- 'यहाँ धेरै निर्मला कान्डहरु लुकाइएका छन्'

अनुराधा भन्छिन्- 'यहाँ धेरै निर्मला कान्डहरु लुकाइएका छन्'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- प्रदेश प्रमुख तथा वरिष्ठ समाजसेवी अनुराधा कोइरालाले धेरै निर्मला कान्डहरू रहस्यको गर्भमा रहेको बताएकी छिन्।

ट्रिटन इन्टरनेसनल कलेजले आयोजना गरेको तीन दिने सोसियल वर्क मेलाका उद्‍घाटन गर्दै कोइरालाले भनिन्, 'अहिले एउटा निर्मला कान्ड बाहिर आएको छ। तर यस्ता धेरै निर्मला कान्डहरु हाम्रो समाज भएका छन्, जो रहस्यको गर्भमा छन्।' बलात्कार रोक्‍नका लागि पुरुष मानसिकता मै परिवर्तन आउनुपर्ने उनको भनाइ छ। 

कोइरालाले बलात्कारविरुद्धको अभियानमा सिंगो समाज र राष्ट्र नै जाग्‍नुपर्ने बताइन् । उनले भनिन्, हामी छोरीलाई जोगाउने चिन्ता मात्रै गरेर हुँदैन। हाम्रा छोराहरुलाई हामीले घरघरमा बलात्कार नगर भनेर सम्झाउनुपर्‍यो। उनले बलात्कारजस्तो जघन्य अपराधमा राज्यको शून्य सहनशिलता हुने बताइन्। 

कोइरालाले ट्रिटन इन्टरनेसनल कलेजले सामाजिक अभियानआयोजनामा जारी ‘सोसल वर्क मेला’लाई बुधबार सम्बोधन गर्दै उनले आफू पनि लैंगिक भेदभावको मानसिकतामा रहेको उनले बताइन्। ‘यस्ता घटनामा छोरी मान्छे मात्र होइन, पुरुष पनि उत्तिकै सजग हुन जरुरी छ,’उनले भनिन्।

कोइरालाले सामाजिक अभियानमा सहयोग पुर्‍याउने उद्देश्यले कलेजले आयोजना गरेको मेला एउटा प्रशंसनीय काम भएको बताउँदै  भनिन्, 'सामाजिक मुद्दाहरुमा सोसियल वर्क अध्ययनरत विद्यार्थीको यो सक्रियताले समाजिक जागरणमा समेत सहयोग पुग्छ।'

कलेजका प्रिन्सिपल डा.बिहारी बिनोद पोखरेलले बलात्कारको शिकार भएका महिलाहरूको न्याय तथा  सशक्तीकरणका लागि सहयोग गर्ने उद्देश्यले उक्त मेला आयोजना गरिएको बताए।

कलेजका अध्यक्ष तथा डिभी ग्रुप अफ कम्पनीजका संस्थापक विश्वनाथ प्रसाद शाहले सामाजिक मुद्दामा  विद्यार्थीको यो सक्रियता प्रशंसनीय रहेको र यस्ता सामाजिक अभियानमा कलेज व्यवस्थापनले सधै सहयोग गर्ने बताए । 

कार्यक्रममा बलात्कारविरुद्ध जनचेतना फैलाउने नृत्य, कविता र नाटक प्रस्तुत गरिएको थियो। 

ट्रिटन कलेजमा आयोजित मेलामा विभिन्न कलेजमा  सोसियल वर्क अध्ययन गरिरहेका विद्यार्थी, शिक्षक, स्थानीय समुदाय, सामाजिक संघ संस्थाहरुको सहभागिता रहेको छ।

बलात्कारको सिकार भएका महिलाहरुको शसक्तीकरणका लागि सहयोग गर्ने उद्देश्यले आयोजित यो मेलामा वर्कसप, फुड स्टल, नृत्य, नाटक, गीतलगायतक विविध रचनात्मक कार्यक्रमहरु समावेश गरिएका छन् । 

मेलामा माइती नेपाल, रेडक्रस, सोच, क्रियशनलगायतका सामाजिक संस्थाहरुको जानकारीमूलक स्टलहरु रहेका छन्। मेलामा खानासँगै रमाइलोका लागि इन्डोर गेम, फनका विभिन्न आइटमहरु पनि समावेश गरिएका छन् ।






 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।