काठमाडौं- बबरमहलमा सवारी दुर्घटना भएको छ। नयाँबानेश्वर बिजुलीबजारबाट माइतीघरतर्फ जाँदै गरेको बा१०च ४३४३ नम्बरको कारले बबरमहलस्थित टेलिकम तालिम केन्द्र अघिल्तिरको सडकमा लेन क्रस गरी विपरित लेनमा पुगेर दुई मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो।
दुर्घटनामा बागलुङ गलकोटका सन्तोष गौतम र काठमाडौ गोकर्णेश्वरका खड्ग घिसिङ घाइते भएका छन्। घाइते दुवै मोटरसाइकलका चालक हुन्। उनीहरूको एभरेस्ट नर्सिङ होममा उपचार भइरहेको छ। कार चालकलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले नियन्त्रणमा लिएको छ।
कार चालकले मादक पदार्थ सेवन गरी सवारी कुदाएको आशंका गरिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४