मंगलबार, साउन ५, २०८३

निर्मलाको न्यायका लागि विद्यार्थी सडकमा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी- निर्मला पन्तका हत्यारालाई कारवाही माग कैलालीको लम्कीमा विद्यार्थी सडकमा उत्रिएका छन्। कञ्चनपुरकी १३ वर्षीया किशोरी पन्तको बलात्कारपछि हत्या भएको ६४ दिन पुगिसक्दा पनि सरकराले अपराधी पत्ता लगाउन नसकेको बताउँदै विद्यार्थी सडकमा उत्रिएका हुन्। 

हत्यामा संलग्नलाई कारवाहीको साटो सरकार अपराधी बचाउमा लागिरहेको भन्दै दोषीलाई कारवाहीको मागसहित लम्कीचुहा नगरपालिकाअन्तर्गत विभिन्न विद्यालयमा अध्ययनरत बालबालिकाले पूर्वपश्चिम राजमार्गको लम्की चौराहामा करिब डेढ घण्टा चक्काजामसहित कोणसभा गरेका थिए।

विभिन्न विद्यालयवाट स्वत:स्फूर्त रूपमा आन्दोलनमा सहभागी भएका विद्यार्थीले सरकारको यस्तो कदमले आफूहरू सश‌ंकित मात्र नभर्इ ढुक्कसँग हिँडडुल गर्नसमेत असहज भइरहेको भन्दै आक्रोसित बनेका छन्। 



सरकारको पछिल्लो कदम र जिम्मेवार व्यक्तिबाट आइरहेका अभिव्यक्तिले निर्मला पन्तका हत्यारा प्रक्राउ पर्नेमा आफूहरू विश्वस्त हुन नसकेको उनीहरूले बताएका छन्। पछिल्लो समय बढ्दै गरेका बलात्कार र हत्याका शृंखलाले आफूहरूको सुरक्षामाथि नै गम्भीर प्रश्न उठेको भन्दै सरकारले गरिब जनतामाथि अन्याय गरेको बताएका थिए।

आफूहरूको एक मात्र चाहना निर्मला पन्त र उनीजस्तै बलात्कार परेका चेलीहरूले न्याय पाउनुपर्ने बताउँदै सरकारको गम्भीर ध्यानाकर्षण गराएका थिए। हत्यारा आफ्नै वरिपरि निर्धक्क घुमिरहेको भए पनि सरकार कानमा तेल हालेर सुतिरहेकाले सरकारको नेतृत्व गर्नेमाथि नै गम्भीर शंका उत्पन्न भएको बालबालिकाको भनाइ थियो। 



सरकारको यस्तो कदमले देशमा सरकार छ कि छैन भन्ने आभाष भएको बालिकाहरूको भनाइ थियो। यस्ता गतिविधिले आफूहरूले समाजमा शिर निहुर्याएर हिँडिरहनुपरेको भन्दै यसको अन्त्यका लागि  कुनै पनि हालतमा निर्मला पन्तका हत्यारालाई कारवाही गरेरै छाड्नुपर्ने उनीहरूको भनाइ छ। पन्तका हत्यारालाई कारवाही गर्न नसकेकै कारण देशमा अन्य बलात्कार र हत्याका घटना बढिरहेको भन्दै यसले अपराधीलाई थप प्रोत्साहन मिलिरहेको उनीहरूको भनाइ थियो।





प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।