मंगलबार, साउन ५, २०८३

टी-२० विश्वकप छनोट : नेपालको विजय शुरुवात 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- आइसीसी टि ट्वान्टी उप-क्षेत्रिय क्रिकेट छनोट अन्तरगत आफ्नो पहिलो खेलमा नेपालले ८ विकेटले जित हात पार्दै सुखद शुरुवात गरेको छ । म्यानमारले दिएको ३० रनको झिनो लक्ष्य नेपालले ३ ओभरमा  दुई विकेट गुमाउदै उक्त लक्ष्य भेट्टाएको हो ।

नेपालका लागि अनिल साहले ११ रन जोडे । अनिल पेइङ दानुको बलमा एलबीडब्लु आउट भएका थिए । उनले पाँच बल खेल्दै एक चौका र ए क छक्काको मद्दतमा ११ रन जोडेका थिए । 

त्यस्तै करन केसी १४ र बिनोद भन्डारी १ रनमा अविजित रहे । करनले ८ बल खेल्दै एक चौका र एक छक्काको मद्दतमा १४ रन जोडेका थिए । म्यानमारका लागि हटेल वाइ र पेइङ दानुले समान एक एक विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्यापटिङ गरेको म्यानरमारले १० ओभरमा सबै विकेट गुमाउदै २९ रन मात्र जोड्न सकेको थियो । म्यानमारका लागि हटेल लिन अउङले सर्वाधि १६ रन जोड्न बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । नेपालका लागि लेग ब्रेक स्पिनर सन्दिप लामिछानेको उत्कृष्ट बलिङ गरे । उनले दुई ओरभ बलिङ गर्दै तीन रन खर्चदै चार विकेट लिए । 

त्यस्तै ललित राजवंशीले तीन विकेट लिए । राजवंशीले तीन ओरभमा दुई मेडिन राख्दै तीन रन खर्चेर तीन विकेट लिएका हुन् । ललित भन्डारीले तीन ओभरमा १३ रन खर्चदा करनले दुई ओभरमा ८ रनद खर्चदै समान एक एक विकेट लिए ।

सन् २००६ मा एसिसि ट्रफीमा म्यानमार ११ रनमा नै अल आउट भएको थियो । जहाँ नोपलले २ बलमा नै खेल जित्दै दुर्लभ कीर्तिमान बनाएको थियो । २०२० मा अष्टेलियामा आयोजना हुने टि ट्वान्टी विश्वकपको लागि नेपालको यात्रा उप-क्षेत्रिय छनोट खेल्दै बुधबारबाट शुरु भएको छ।

प्रतियोगितामा नेपाल सहित आयोजक मलेसिया, चीन, थाइल्यान्ड, भुटान, सिंगापुर र म्यानमार रहेका छन् । यी सबै टोली एक अर्कासँग खेल्ने छन् । यसमा शीर्ष ३ मा पर्ने टोली एसियाली क्षेत्रिय छनोटको लागि छनोट हुने छन् । जसमा पुर्वी र पश्चिम क्षेत्रबाट आएका शीर्ष तीन तीन टोली क्षेत्रिय छनोट प्रतियोगिता खेल्न पाउने छन् ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।