मंगलबार, साउन ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • खानेपानी माग्दै स्थानीयवासीले गाउँपालिकामा लगाए ताला

खानेपानी माग्दै स्थानीयवासीले गाउँपालिकामा लगाए ताला

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
रुकुम- रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका कार्यालयमा तालाबन्दी गरिएको छ। खानेपानीको माग गर्दै वडा नम्बर २ बेतखोलाका बासिन्दाले बुधबार बिहान गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका हुन्। 

२०३९ सालदेखि उपभोग गर्दै आएको पानीको लाइन काटिएको बताउँदै उनीहरूले आन्दोलन गर्दै आएका छन्। लाइन जोड्न माग गर्दै उनीहरूले सोमबारदेखि गाउँपालिका कार्यालय घेराउ गरेकामा माग पूरा नभएपछि तालाबन्दी गरेका हुन्। गाउँमा खानेपानीको आपूर्ति नियमित नभएसम्म तालाबन्दी नखोल्ने स्थानीय भुपेन्द्र बोहराले बताए।

लिखित तथा मौखिक निवेदन र गाउँपालिकामा धर्ना दिँदा पनि माग पूरा नभएपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको उनको भनाइ छ। गाउँपालिकाले मंगलबार भएको छलफलमा खानेपानीको आपूर्ति नियमित गरिदिने मौखिक प्रतिबद्धता गर्दै आन्दोलन फिर्ता लिन आग्रह गरेको थियो। 

स्थानीय बासिन्दाले भने खानेपानीको आपूर्ति सुचारु नभएसम्मका लागि आन्दोलन फिर्ता नहुने अडान लिएका छन्। वडा नम्बर २ कै चिन्छरे टोलका बासिन्दाले बेतखोलामा ल्याइएको पाइप काटेर आपूर्ति बन्द गरिदिएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।