मंगलबार, साउन ५, २०८३

आजबाट डीभी खुल्दै, कात्तिक २० सम्म भर्न पाइने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- सन् २०२० का लागि अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डीभी)को आवेदन आज खुल्ने भएको छ । 

आज राति ९ः४५ बजेबाट सुरू हुने डीभीको आवेदन कात्तिक २० गते राति १०ः४५ बजेसम्म खुला रहनेछ । आफै डिभी भर्न चाहनेहररूले तोकिएको समयभित्र याे वेवसाइटमा गएर आवेदन भर्न सक्ने छन्। 

डिभी भर्ने म्याद आगामी कात्तिक २० गतेसम्मका लागि तोकिएको छ । डीभी भर्दा २१ वर्षभन्दा मुनिका सन्तान भए उनीहरुको पनि सम्पूर्ण विवरण भर्नु पर्ने काठमाडौंस्थित नेपाली दूतावासले जनाएको छ । डीभी फर्म एक पटकभन्दा धेरै समय नभर्न दूतावासले आग्रह गरेको छ । 

यस्तै डीभी फर्म भर्दा अघिल्लो पटक प्रयोग भएका फोटाहरु राखेर डीभी भरेमा वा चस्मा लगाएको फोटो राखेर डीभी भरेमा त्यस्ता उम्मेदवार अयोग्य हुने पनि दूतावासले जानकारी दिएको छ । डीभी भर्दा फोटो फारममा भने अनुसारकै फोटो राख्नुपर्ने दूतावासले जनाएको छ ।

अनलाइनमा उल्लेख भएको फोटोसम्बन्धी नियमलाई पूर्णतः पालना गर्न र डिभी भरेपछि आफ्नो कन्फर्मेसन नम्बर सुरक्षित राख्न दूतावासले आग्रह गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।