काठमाडौं- राजधानीबाट प्रकाशित बुधबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरर्ला पहिलो प्राथमिकतामा पारेका छन् ।
कसैले दशैँको मुखमा महँगी बढेको विषयलाई मुख्य समाचार बनाएका छन् भने कसैले १० अर्ब खर्चेर सरकार आफैले संसद् भवन बनाउन लागेको विषयलाई प्राथमिकतामा पारेका छन् । केहीले पप्पु कन्ट्रक्सनको बद्मासीको फलोअप गरेका छन् ।
आजको नयाँ पत्रिकाले कुन बस्तुमा कतिले मुल्य बढ्यो भनेर सूचीसहित दशैँको मुखमा महँगीको दशा शीर्षकमा मुख्य समाचार छापेको छ। उपभोक्ताले महँगी चर्किएको बताइरहँदा सरकार भने कुने पनि बस्तुमा खासै भाउ नबढेको दावी गरिरहेको समाचारमा उल्लेख छ । यस्तै नयाँ पत्रिकाले प्रदेश १ मा राजधानी विवाद चकिएको विषयलाई पनि प्राथमिकताका साथ छापेको छ ।
आजको अन्नपूर्ण पोस्टले भने १० अर्बमा संसद् भवन बन्दै शीर्षकमा मुख्य समाचार छापेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै कार्यकालमा संसद् भवन बनाइसक्न निर्देशन दिएअनुसार काम अघि बढाउन लागिएको समाचारमा उल्लेख छ । अहिलेसम्म भाडामा बस्दै आएको संसदले भाडा मात्रै वार्षीक रुपमा १० करोड रुपैयाँ तिरिरहेको छ ।
यस्तै अन्नपूर्णले अहिलेसम्म निर्मलाको हत्यारा पत्ता लाग्न नसकेपछि कञ्चनपुरका स्थानीयबासी फेरि आन्दोलित भएको विषयलाई महत्वका साथ छापेको छ।
राहादानीमा रहेको विशेष सुचना पढ्ने प्रविधि नहुँदा हातैले छामेर पासपोर्ट जाँच हुने गरेको विषयलाई प्रमुखताका साथ छापेको आजको कान्तिपुरले पप्पु कन्ट्रक्सनको बद्मासीपछि काटेको पुर्जिको विषयलाई फलोअप गरेको छ । बद्मासी पप्पु कन्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारले गरे पनि पक्राउ पूर्जी भने छोरा सुमित रौनियारको नाममा प्रहरीले काटेको छ । तर, प्रहरीले अहिलेसम्म सुमितलाई पक्राउ गर्न नसकेको समाचारमा उल्लेख छ।
आजको नागरिक दैनिकले गोरखाकी अविवाहित सुत्केरीकीको वेदनाससहितको स्टोरीलाई प्राथमिकताका साथ छापेको छ । तराई/मधेश दु्रतमार्ग निर्माणको विस्तृत आयोजना रिपोर्ट निर्माणको जिम्मा दक्षिण कोरियाली कम्पनीलाई दिएको खबरलाई नागरिकले महत्वका साथ छापेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४