धनगढी- नेपाली कांग्रेसको भातृसंगठन नेविसंघका कार्यकले जिल्ला सरकारी वकिलको कार्यालय कञ्चनपुरमा तोडफोड गरेका छन्।
निर्मला पन्तको हत्यारा पत्ता नलागेपछि आह्वान गरिएको जिल्ला बन्दको अवज्ञा गरी कार्यालय खोलेको भन्दै नेविसंघका कार्यकर्ताले तोडफोड गरेका जिल्ला सरकारी वकिल खेमराज भट्टले बताए।
तोडफोडका क्रममा नेविसंघका कार्यकर्ताले कार्यालय मै चारजना कर्मचारीमाथि पनि हातपात गरेको जिल्ला न्यायाधीवक्ता भट्टले जानकारी दिए।
१० साउनमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारा अझै पत्ता लाग्न सकेको छैन । प्रहरीले नै प्रमाण मेट्ने काम गरेपछि घटना झन् रहस्यमय बन्दै गएको छ ।
कंचनपुरमा भएको आन्दोलनको समाचार संकलन गर्ने क्रममा आन्दोलनकारीहरुले एसटिएस टेलिभिजनको क्यामेरासमेत तोडफोड गरेका छन् । रिपोर्टिङका लागि गएका चन्द्र जोशीलार्इ पनि आन्दोलनकारीले कुटपिट गरेका छन् ।
आन्दोलनकारीले तोडफोड गरेको माइक र क्यामेरा ।
