काठमाडौ-बंगबन्धु गोल्ड कप अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टोलीले मंगलबार आफ्नो पहिलो खेलमा ताजिकिस्तानको सामना गर्दैछ । साविक विजेता नेपाल र ताजिकिस्तानबीचको खेल सिलेटस्थित रंगशालामा नेपाली समय अनुसार साँझ ६:१५ बजे शुरु हुने छ ।
नेपालले प्रतियोगिताको पहिलो खेलमा ताजिकिस्तानको सामना गर्दा जितको लक्ष्य लिएर मैदानमा उत्रिने छ । नेपाल रहेको समूह ‘ए’ मा ताजिकिस्तान र प्यालेस्टाइन छन् । नेपालले ६ अक्टोवरमा प्यालेस्टाइनसँग खेल्नेछ ।
दुई समूहका समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान स्थान बनाउने छ ।ढिला गरी बंगबन्धुमा सहभागिता जनाउने निर्णय गरेको नेपालले यही प्रतियोगिताको लागि भनेर एक सातामात्रै प्रशिक्षण गरेको थियो ।
राष्ट्रिय टोलीका पहिलो रोजाईका गोलरक्षक किरण चेम्जोङ र मिडफिल्डर रोहित चन्द भने यस पटक टोलीमा छैनन् । दुवै खेलाडी विदेशी लिगमा खेल्ने भएकाले आफ्नो क्लबको खेलमा नै व्यस्त छन् । साफपछि किरणले टीसी स्पोर्ट्सको लागि लिग खेल्दै छन् भने यता रोहितले पनि इन्डोनेसिया डर्बीमा खेलि रहेकाछन ।
नेपाली टोलीका कार्यवाहक प्रशिक्षक बालगोपाल महर्जनले यी दुई खेलाडीको स्थानमा राष्ट्रिय टोलीबाट डेब्यु गर्न बाँकी रहेका दुई खेलाडीलाई टोलीमा समेटेका छन् । गोलरक्षकमा मनाङ मर्स्याङदी क्लबमा आबद्ध रहेका विशाल श्रेष्ठ टोलीमा आएका छन् ।
नेपाल पुलिस क्लबका मिडफिल्डर तेज तामाङले रोहित को स्थान लिनेछन् । दुवै खेलाडी यसअघि एन्फाले साफका लागि घोषणा गरेको प्रारम्भिक टोलीमा समावेश थिए ।
किरणको अनुपस्थितिमा मैदान उत्रिने नेपालका लागि विकेश कुथु र एलन न्यौपानेमध्ये एकले गोलपोस्ट सम्हाल्नेछन् । साफ च्याम्पियनसिपको कुनै खेलमा मैदान प्रवेश गर्न नपाएका हेमन गुरुङ र हेमन्त थापामगर पनि आफ्नो स्थान बनाउने सुरमा हुनेछन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४