बिहीबार, कात्तिक २७, २०८२

उर्वशी बोलको गीतको म्युजिक भिडियो सार्वजनिक हुँदै

वरिष्ठ चलचित्र छायांकार राजु केसीको निर्देशनमा उर्वशी बोलको गीतको म्युजिक भिडियो सार्वजनिक हुने भएको छ।
 |  आइतबार, माघ २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ २९, २०७९

काठमाडौं- वरिष्ठ चलचित्र छायांकार राजु केसीको निर्देशनमा उर्वशी बोलको गीतको म्युजिक भिडियो सार्वजनिक हुने भएको छ।

National life

भक्तपुरमा शुक्रबार आयोजित प्रिमियर कार्यक्रममा उक्त जानकारी दिइएको हो। भक्तपुर नगरपालिकाकी उपमेयर रहनी जोशीको प्रमुख आतिथ्यतामा आयोजित उक्त प्रिमियर समारोहमा पत्रकार,निर्माण युनीट लगायतको उपस्थिती रहेको थियो। 

संगीतकार शंकर थापाको कम्पोजमा तयार गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका छन्। सवित बज्राचार्यको शव्द रचना रहेको गीतको पोष्ट प्रडक्सन स्किमा टेक्नोलोजीमा गरिएको थियो। ओएसआर डिजिटलबाट सार्वजनिक गरिने तयारीमा रहेको भिडियोमा नायिका नम्रता सापकोटा र सवित बज्राचार्यको अभिनय रहेको छ।

रामशरण उफ्रेतीले छायांकन गरेको भिडियोलाई गौतम राज खड्काले सम्पादन गरेका छन्।

माया भनेको सवल मान्छेको मात्र हुँदैन भन्ने सन्देश दिएको भिडियो आगामी फाल्गुन २ गते २ बजे ओएसआर डिजिटलबाट रिलिज हुने निर्देशक केसीले जानकारी दिए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Feb 12, 2023| 12:15 आइतबार, माघ २९, २०७९
प्रतिक्रिया दिनुहोस्