सोमबार, साउन ४, २०८३

ल्होत्से हिमालको टुप्पोबाट चिप्लेटी खेल्दै अवतरण 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- अमेरिकी  नागरिक सहितको दुईजना आरोहीले  विश्वको चौथो उच्च हिमाल ल्होत्सेको टुप्पोबाट चिप्लेटी खेल्दै  सफलतापूर्वक अवतरण गरेका छन् ।

ल्होत्से हिमालबाट चिप्लेटी खेल्दै हिमाल आरोही अवतरण गरेकाे संभवत याे पहिलो पटक हो । क्यालिफोर्नियाका जेम्स मोरिस, टेल्युराइडका हिलारी नेलशनले   तीनजना नेपाली पथप्रदर्शकको सहयोगमा ८५१६ मिटर उच्च हिमालबाट सफलता पूर्वक आइतबार अवतरण गरेको एक्सट्रिम क्लाइम्बर्स ट्रेक एण्ड एक्पेडिशनका  पेम्बा शेर्पाले जानकारी दिए ।

समाचार एजेन्सी अमेरिकन प्रेसका अनुसार मोरिशन र नेलशनले हिमालबाट झर्ने क्रममा स्कि खेल्दै झरेका हुन् । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ। शरद ऋतुमा ल्होत्से हिमाल आरोहण गर्ने यो एकमात्र आरोहण दल थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।