मंगलबार, पुस १, २०८२

आईटीएफ वर्ल्ड टेनिस टुरमा वेन्बो र झाङलाई स्वर्ण

चीनका यी दुई खेलाडीले काठमाडौंमा जारी वर्ल्ड टेनिस टुरमा स्वर्ण जितेका हुन।
 |  शनिबार, माघ २८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ २८, २०७९

काठमाडौं - वेन्बो बाइ र झाङ क्विन वेइले आईटीएफ वर्ल्ड टेनिस टुर जे ६० काठमाडौं, नेपाल सर्किट– २ अन्तर्गत सिंगल्स स्पर्धामा शनिबार स्वर्ण जितेका छन्। चीनका यी दुई खेलाडीले काठमाडौंमा जारी वर्ल्ड टेनिस टुरमा स्वर्ण जितेका हुन।

National life

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइज सिंगल्स फाइनलमा वेन्बोले भारतका प्रत्यशलाई पराजित गरेका हुन। पहिलो सेट वेन्बोले ६–० ले सहजै जितेका थिए। दोश्रो सेटमा वेन्बो १–० ले अगाडि रहेका अवस्थामा प्रत्यश रिटायर्ड हर्ट भएपछि वेन्बोलाई विजेता घोषित गरिएको हो।

नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको गल्स सिंगल्समा झाङले मंगोलियाकी मराल्गु चोक्सोम्जाभलाई ६–० र ६–४ को सोझो सेटमा पराजित गरिन्। सर्किट– १ मा पनि मराल्गु उपविजेतामै सीमित भएकी थिइन्। सर्किट– १ मा मराल्गु आफ्नै दिदी मार्तासंग चुकेकी थिइन्।

शुक्रबार सम्पन्न डबल्स फाइनलको ब्वाइजमा भारतका सेहजसिंह पवार र देबशिष साहु तथा गल्र्समा बेल्जियमकी क्यामिली फिसेट र रुसकी मिलिना शुब्खान्कुलोभाको जोडीले स्वर्ण जितेका थिए।

सर्किट– १ मा स्वर्ण जितेका कुनै खेलाडी सर्किट– २ मा स्वर्ण जित्न सफल भएनन्। सर्किट– १ को ब्वाइज सिंगल्समा भारतका देबशिष साहु तथा गल्र्स सिंगल्समा मार्ता पहिलो भएका थिए। डबल्सको ब्वाइजमा नेपालका अकी जुवेन रावत र अमेरिकाका आरभसम्राट हाडा तथा गल्समा मार्ता र मराल्गुको जोडी च्याम्पियन बनेका थियो।

Laxmi sunrise bank
kumari

विजेतालाई नेपाल टेनिस संघका उपाध्यक्ष केशवराज पाण्डे र सदस्य जयजीव हाडाले एक कार्यक्रमबीच पुरस्कृत गरे। छ दिनको प्रतियोगितामा समान ३२–३२ ब्वाइज-गल्स खेलाडीले सिंगल्स र डबल्स गरी ४ स्पर्धामा प्रतिस्पर्धा गरेको नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका छन्।

प्रकाशित: Feb 11, 2023| 19:45 शनिबार, माघ २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।