बुधबार, साउन १३, २०८३

कस्तो छ आजको मौसम पूर्वानुमान?

 |  शुक्रबार, फागुन १, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १, २०८२

काठमाडौं- हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ भने कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल लागेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका बाँकी भू–भागमा  मुख्यतया मौसम  सफा रहेको छ। 

आज दिउँसो तराई भू–भागका केही स्थानमा मध्याह्नसम्म हुस्सु रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बादल र  बाँकी भागमा आंशिक बादल लाग्नेछ।

त्यसैगरी, आज राति तराईका केही स्थानमा तुँवालो रहनेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भागमा  बादल लाग्नेछ र बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना  छ। 

महाशाखाले तराईका केही स्थानमा मध्याह्नसम्म हुस्सु लाग्ने सम्भावना रहेको तथा तत्काल वर्षाको सम्भावना पनि नरहेकाले तराई र  उपत्यकाहरूमा वायु प्रदूषण रहिरहने भएकाले त्यसबाट सुरक्षित रहन सर्वसाधारण तथा सरोकारभएका सबैमा अनुरोध गरेको छ।

प्रकाशित: Feb 13, 2026| 08:06 शुक्रबार, फागुन १, २०८२
प्रतिक्रिया दिनुहोस्