सोमबार, साउन ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गैरकानुनी रुपमा इन्टरनेट सञ्‍चालन गर्ने ब्रम्हदेव पक्राउ

गैरकानुनी रुपमा इन्टरनेट सञ्‍चालन गर्ने ब्रम्हदेव पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- अवैध रुपमा इन्टरनेट सञ्चालन गर्ने एकजनालाई प्रहरीले धनुषाबाट पक्राउ गरेको छ। येस नेट नेपालको नाममा गैर कानुनी रुपमा इन्टरनेट सञ्चालन गर्दै आएका धनुषाको मिथिला नगरपालिका-३ बस्ने ३४ वर्षीय ब्रम्हदेव पण्डितलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीले पण्डितलाई इन्टरनेट सञ्चालनमा गर्न प्रयोग हुने विभिन्न सामग्रीसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। ब्रम्हदेवले नेपाल दुरसंचार प्राधिकरणको अनुमतिबिना विगत सात महिनादेखि येस नेट नामक संस्थाको नामबाट इन्टरनेट सेवा सञ्चालन गर्दै आइरहेका थिए। ब्रम्हदेवले अवैध रुपमा आफ्नो घरका साथै जनकपुरको विभिन्न स्थानमा इन्टरनेट सेवा वितरण गर्दै आएका थिए।

प्रहरीले दिएको जानकारी अनुसार ब्रम्हदेवले जनकपुर-१ स्थित शत्रुध्न साहको घर र आफ्नो घरमासमेत येस नेट नेपाल नामक इन्टरनेट सञ्चालन गर्दै आएका थिए।

अवैध रुपमा इन्टरनेट सञ्चालन गर्दै आइरहेको सूचनाको आधारमा छापामारी गरी प्रहरीले ब्रम्हदेवसहित उपकरणहरु नियन्त्रणमा लिएको छ। प्रहरीले शत्रुध्नको घरबाट माइक्रोटिक राउटर एक थान, नोकिया लेखिएको राउटर थान १, मेडिया कन्भर्टर थान १, डिभाइस थान १, पीओई थान ५, सर्ट केवल वायर थान ६, इलेक्ट्रिक केवल वायर थान २, मल्टी प्लग थान १, वाइफाइको स्वीच राउटर थान १, वाइफाइमा लाग्ने तार ८० मिटर लगायतका सामान बरामद गरेको छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।