शनिबार, जेठ २, २०८३

भेरीगंगामा पौडी खेल्ने क्रममा बगेर दुई जना बेपत्ता

भेरी नदीमा पौडी खेल्ने क्रममा बगेर दुई जना बेपत्ता भएका छन्।
 |  बिहीबार, माघ २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २६, २०७९

National life

सुर्खेत- भेरी नदीमा पौडी खेल्ने क्रममा बगेर दुई जना बेपत्ता भएका छन्। भेरीगंगा नगरपालिका वडा नम्बर ८ लोदेमा बिहीबार दिउँसो साढे एक बजेको समयमा दुई जना बगेर बेपत्ता भएका हुन्।

बेपत्ता हुनेमा डोल्पाको ठुलीभेरी नगरपालिका घर भई हाल भेरीगंगा नगरपालिका वडा नम्बर ८ लादेमा दिदिको घरमा बस्दै आएका २२ वर्षीय मकर रोकाय सोही ठाउँका २१ वर्षीय बिबि रोकाय रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

उक्त स्थानमा अस्थायी प्रहरी पोष्ट जहरे, ईलाका प्रहरी कार्यालय छिन्चु र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश चिप्लेबाट करीब १३ जनाको प्रहरी टोलि खटिएको छ। बेपत्ता भएको दुबै जनाको खोजिकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतकी प्रहरी निरीक्षक झरना सोनारले जानकारी दिइन्।

प्रकाशित: Feb 09, 2023| 18:53 बिहीबार, माघ २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...