काठमाडौं- महानगरीय प्रहरी परिसर काठमाडौंले जुवा खेलीरहेका अवस्थामा सात जनालाई पक्राउ गरेका छ। गोप्य सुचनाको आधारमा भक्तपुर नगरपालीका-३ स्थित दुर्गालालको घरमा भाँडाको कोठामा छापा मार्दा उनिहरु पक्राउ परेका हुन।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार भक्तपुर नगरपालीका-१५ ईताछे स्थाई घर भएका जीवन शाहीले दुर्गालालको घर भाडा लिई संगठित रुपमा लामो समय देखि जुवा खेलाउँदै आएको जनाईएको छ।
पक्राउ पर्नेमा भक्तपुर नगरपालिका इताछेका ४१ बर्षिया जीवन शाही, झापा डाँगीबाडी गाँउपालीका-१ का मदन कुमार राजवंशी, रामेछाप सुनपाती-२ का विवेक लामा, भक्तपुर सुर्यविनायक नगरपालीका-९ का विक्रम तामाङ, धनुषा गतेश्वरी-१ का सन्तोष श्रेष्ठ र सर्लाही लालबन्दी नगरपालीका-६ का बलबहादुर खत्री छन्।
पक्राउ परेका उनिहरुबाट एकलाख तिस हजार पाँच सय तीन नगद तथा १२ बुक तास बरामद भएको छ। पक्राउ परेका उनीहरु माथि अनुसन्धान भइरहेको भक्तपुर प्रहरीले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४