आइतबार, साउन ३, २०८३

प्रदेश- २ मा एक महिनापछि प्रदेशसभाको बैठक बस्दै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- प्रदेश २ को प्रदेशसभा बैठक एक महिना लामो अन्तरालपछि बस्ने भएको छ। १६ भाद्रमा स्थगित भएको प्रदेशसभा बैठक १८ असोजमा बोलाइएको छ। प्रदेशसभा सचिवालयका अनुसार १८ असोज अपरान्ह ३ बजे प्रदेशसभाको बैठक बोलाइएको हो।

सरकारले बिजनेस दिन नसकेपछि प्रदेशसभा सचिवालयले १६ भाद्रमा अर्को सूचना प्रकाशित नभएसम्म बैठक स्थगित गरिएको जानकारी गराएको थियो। सदनमा छलफल गर्न विधेयकको अभाव भएपछि बैठक स्थगित गरिएको थियो। त्यसअघि २ भाद्रमा बसेको बैठक १२ दिनपछि १४ भाद्रमा बसेको थियो।

१८ असोजमा बस्ने बैठकमा प्रदेश सरकारले करार सेवामा कर्मचारी भर्ना, प्रशासकीय कार्यविधि, सुशासन कायम गर्ने, प्रदेशसभा सचिवालय, मदर्सा बोर्ड गठन, गाउँसभा र नगरसभा कानुन निर्माण प्रक्रिया, यातायात व्यवस्थासम्बन्धी विधेयक सदनमा पेश गर्ने तयारी गरेको छ। 

प्रदेश सरकार कार्यान्वयनमा सात महिनाको अवधिमा हालसम्म १३ वटा विधेयकमात्र सदनबाट पारित भएको छ। प्रदेश सञ्चालन गर्न आवश्यक कानुनहरु निर्माणगर्न सरकारले विधेयक ल्यान नसक्दा सदनको गतिविधि अगाडी नबढेपछि प्रतिपक्षी दलकासाथै सत्तापक्षका सांसदहरुले समेत सरकारको आलोचना गर्न थालेका छन्।

अन्य प्रदेशहरुले स्थायी राजधानी र प्रदेश नामकरणसम्बन्धी महत्वपूर्ण विधेयकहरु सदनमा प्रवेश गराएर निर्णय गरिरहँदा प्रदेश २ को सरकारलय यी महत्वपूर्ण विधेयकहरु अझै ल्याउन सकेको छैन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।