आइतबार, चैत ८, २०८२

चियाकफी कागजको कपमा पिउँदै हुनुहुन्छ? यस्ता छन् बेफाइदा

हामी अचेल चिया कफी जस्ता पेय पदार्थ डिस्पोजेबल पेपर कप (कागजको कप) मा पिउन रुचाउँछौं। यो सही कार्य हो तरु एउटा नयाँ अनुसन्धानले तातो पेय पदार्थ डिस्पोजेबल पेपर कपमा पिउनु हानिकारक रहेको तथ्य सार्वजनिक गरेको छ।
 |  बुधबार, साउन २७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन २७, २०७८

हामी अचेल चिया कफी जस्ता पेय पदार्थ डिस्पोजेबल पेपर कप (कागजको कप) मा पिउन रुचाउँछौं। यो सही कार्य हो तरु एउटा नयाँ अनुसन्धानले तातो पेय पदार्थ डिस्पोजेबल पेपर कपमा पिउनु हानिकारक रहेको तथ्य सार्वजनिक गरेको छ।

National life

कागजका कपमा तातो पेय पदार्थ हाल्दा यस्ता कपबाट माइक्रोप्लास्टिकसहित कयौं तत्त्व निस्कछन्। ती तत्त्व मानव स्वास्थ्यका लागि विषाक्त हुन सक्छन्।

कागजको कप होइड्रोफोबिक फिल्मबाट तयार हुन्छ। यसमा पोलिथिन प्रयोग गरिएको हुन्छ। तरल पदार्थ नचुहियोस् भनेर यसमा पोलिमर्स पनि राखिएको हुन्छ।

भारतको आईआईटी, खड्गपुरका सिभिल इन्जिनियर विभागका एसोसिएट प्राध्यापक सुधा गोयल, अनुसन्धाता वेदप्रकाश रञ्जन र अनुजा जोसेफको समूहले गरेको अध्ययनले प्लास्टिकको कपमा तातो पेय पदार्थ पिउन हानिकारक रहेको तथ्य सार्वजनिक गरेको हो।

उनीहरुका अनुसार कागजको कपमा तातो पेय पदार्थ राख्दा कागजको पत्र झन् पातलो हुन्छ।

Laxmi sunrise bank
kumari

सुधा गोयलले भनिन्, 'कागजको कपमा ८५ देखि ९० डिग्री सेल्सियस तातो पेय पदार्थ १५ मिनेटसम्म राख्ने हो भने त्यसमा २५ हजार माइक्रोन आकारको माइक्रोप्लास्टिकका कण निस्कन्छन्।'

यसको मतलब एकजनाले दिनमा तीन पटक कागजको कपमा चिया र कफी पिउँछ भने उसले आफ्नो शरीरमा करिब ७५ हजार सूक्ष्म माइक्रोप्लास्टिकको कण प्रवेश गराउँछ। यसले व्यक्तिको आँखा कमजोर बनाउनुका साथै दृष्टिहीन पनि बनाउन सक्ने तर्क अध्येताहरुको छ।

शोधकर्ताहरुले यसको अध्ययनमा दुई तरिका अपनाएका थिए। पहिलो, एउटा डिस्पोजेबल पेपर कपमा ८५ देखि ९० सेल्सियस तातोपानी हालेर १५ मिनेटसम्म प्रतीक्षा गरे। त्यसपछि पानी परीक्षण गरे। त्यसमा माइक्रोप्लास्टिकको कण भेटियो।

दोस्रो, कागजको कपममा ३० देखि ४० डिग्री सेल्सियसको तातो पानी राखियो।  कागजको लेयरबाट बिस्तारै हाइड्रोफोबिक फिल्मलाई हटाइयो। अनि त्यो तातोपानी १५ मिनेटसम्म कपमै राखियो। साथै प्लास्टिकको फिल्मको भौतिक, रासायनिक र यान्त्रिक परिवर्तनको पनि परीक्षण गरिएको थियो।

अध्ययन प्रतिवेदनअनुसार यस्ता माइक्रोप्लास्टिकका कण विषाक्त पदार्थ वाहकका रुपमा काम गर्न सक्छ। यसमा प्यालिडियम, क्रोमियम, कैडयिम जस्ता विषाक्त धातु र कार्बनिक यौगिक मिसिएको हुन्छ। 

आईआईटी, खडगपुरका निर्देशक प्राध्यापक वीरेन्द्रकुमार तिवारीले भने, 'यस्ता उत्पादन प्रयोग गर्नुअघि सावधानी अपनाउन आवश्यक छ। हामीले वातावरणमैत्री उत्पादन प्रयोग गर्नुपर्छ। साथै हाम्रा परम्परागत र दिगो जीवनशैलीका साधनहरुलाई प्रवर्धन गर्नुपर्छ।'

- डाउनटुअर्थबाट

प्रकाशित: Aug 11, 2021| 06:15 बुधबार, साउन २७, २०७८
प्रतिक्रिया दिनुहोस्