आइतबार, साउन ३, २०८३

ओरालो लागेको लाग्यै नेप्से

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेप्से बजार भारी अंकले घटेको छ। सोमबार नेप्से १८.०४ अंक घटेर १२३८.६७ विन्दुमा पुगेको छ। बजारमा आएका अधिकांश समूहको परिसूचक घट्दा समग्र बजार भारी अंकले ओरालो लागेको हो।

साताको पहिलो दिन आइतबारसमेत दोहोरो १०.४७ अंले नेप्से घट्दा ५८ करोड २२ लाख ५० हजार आठ सय २८ रुपैयाँको कारोबार भएको थियो। सोमबार बजारमा एक सय ६५ कम्पनीको पाँच हजार सात सय ९७ कारोबारबाट १७ लाख ६१ हजार आठ सय १७ पटक सेयर खरिद बिक्री भई ५३ करोड ९६ लाख तीन हजार नौ सय ३५ रुपैयाँको कारोबार भएको छ।

बजारमा आएका समूहहरूमध्ये सबैभन्दा बढी लाइफ इन्स्योरेन्सको परिसूचक ७८.५६ अंक घटेको छ। त्यसपछि ननलाइफ इन्स्योरेन्स समूहको परिसूचक ७१.७३, विकास बैंक समूहको परिसूचक २९.७३, बैंकिङ समूहको परिसूचक १९.८५ अंक घटेको छ।

बजारमा आएका ११ समूहमा उत्पादनमुलक समूहको परिसूचक २६.८ अंक बढ्यो भने व्यापार समूहको स्थिर रह्यो। बाँकी सबै समूहको परिसूचक घटेको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।