शुक्रबार, वैशाख २६, २०८२

अब चिसो भूइँमा सुत्नुपर्दैन प्रहरीले

एक प्रहरी एक म्याट्रेस कार्यक्रमअन्तर्गत जिल्ला प्रहरी कार्यालयलाई दस पालिकाको तर्फबाट तीन सय ८९ थान म्याट्रेस प्राप्त भएको छ।
 |  बुधबार, माघ २५, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, माघ २५, २०७९

vianetvianet

बागलुङमा एक प्रहरी एक म्याट्रेस कार्यक्रमअन्तर्गत सबै प्रहरीलाई सुत्न म्याट्रेसको व्यवस्था गरिएको छ। जिल्लामा खटिएका सबै प्रहरीलाई पुग्ने गरी सबै स्थानीय पालिकाको सहयोगमा म्याट्रेस उपलब्ध गराइएको हो। एक प्रहरी एक म्याट्रेस कार्यक्रमअन्तर्गत जिल्ला प्रहरी कार्यालयलाई  दस पालिकाको तर्फबाट तीन सय ८९ थान म्याट्रेस प्राप्त भएको छ।

triton college

जिल्लाका दुर्गमस्थानका प्रहरी युनिटमा आवाससँगै म्याट्रेसको समस्या थियो भने केही स्थानमा प्रहरीहरु रित्तो खाटमा बस्नुपर्ने बाध्यता थियो। विभिन्न क्षेत्रमा खटिएका प्रहरी सरुवा हुँदा म्याट्रेस लिएर आउनुपर्ने कार्य आउने कार्य अब अन्त्य भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीले जानकारी दिए। तीन सय ८९ थान म्याट्रेस रु २४ लाखको लागतमा खरिद गरेर प्रहरीलाई वितरण गरेका हुन्। 

“जिल्लाका १० पालिकाले खरिद गरेर प्रदान गरेको म्याट्रेस अधिकांश प्रहरी युनिटमा पुगिसकेको छ, एउटा जवानदेखि कार्यालय प्रमुखसम्मलाई पुग्नेगरी प्रतिम्याट्रेस रु सात हजारका दरले पालिकाले खरिद गरेर प्रदान गरेका हुन्' उनले भने'अब प्रहरी सरुवा भएर आउँदा म्याट्रेस पोको पारेर ल्याउन पर्दैन, प्रहरी युनिटमा नै म्याट्रेस  हुन्छ, प्रहरीले जनताको सेवामा खटिँदै गर्दा राम्रोसँग सुत्न आवश्यक छ।' जिल्लाका सबै प्रहरीलाई पुग्ने गरी पालिकाको आर्थिक सहयोगमा एक मुष्ठ म्याट्रेस खरिद गरेर प्रहरी युनिटमा पठाइएको छ।

जनताको सुरक्षाका लागि खटिने प्रहरी चिसो भुइँमा सुत्ने समस्या समाधानका लागि पालिकाबीचको साझेदारीमा म्याट्रेस खरिद गर्ने निर्णयअनुसार जिल्लामा खटिने तीन सय ८९ प्रहरीलाई म्याट्रेस वितरण गरिएको बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए।'प्रहरीलाई अझै समस्या छ, कति भुइँमा सुतेको देखेको छु केही त प्रहरी चौकीमा रित्तो खाट छन्, सरुवा भएर आउँदा प्रहरीलाई म्याट्रेसकै चिन्ता हुन्छ, अब कुनै प्रहरी चौकीमा म्याट्रेस अभाव भएमा नगरपालिकाले दिन्छ' उनले भने,“एक प्रहरी एक म्याट्रेस कार्यक्रम हाम्रा लागि सानो होला तर प्रहरीको लागि ठूलो हो, उनीहरुलाई यस्ले धेरै फाइदा हुन्छ प्रहरीको मनोबल बढ्छ।'

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा  प्रहरी निरीक्षक भूपेन्द्र गिरीका अनुसार बागलुङ नगरपालिकाले एक सय थान, गलकोट नगरपालिकाले ४५ थान, ढोरपाटन नगरपालिकाले २५ थान, जैमिनी नगरपालिकाले ३० थान, बडिगाड गाउँपालिकाले ३५ थान, काठेखोला गाउँपालिकाले ३५ थान, तमानखोला गाउँपालिकाले १८ थान, ताराखोला गाउँपालिकाले ३० थान, निसीखोला गाउँपालिकाले ३६ थान र बरेङ गाउँपालिकाले ३० थान म्याट्रेस सहयोग गरेका थिए।

National life insurance

प्रकाशित: Feb 08, 2023| 22:30 बुधबार, माघ २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।