आइतबार, साउन ३, २०८३

कैलालीमा बस दुर्घटना : एकको मृत्यु, १० घाइते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
कैलाली- कैलालीको अत्तरियास्थित बल्मीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। 

अत्तरियाबाट नेपालजन्‍जतर्फ जाँदै गरेको से१ख १०२५ नम्बरको यात्रुबाहक बस सोमबार दिउँसो दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी ज्यान गुमाउनेमा गौरीगन्ज नगरपालिका-४ की ७५ वर्षीया इश्‍वरी बिनाँडी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक हरी वलीले जानकारी दिए। 

दश जना घाइतेहरुको अत्तरियास्थित पद्‍मा अस्पतालमा उपचार भइरहेको जनाइएको छ। 

दुर्घटनाको कारण खुल्न‍ सकेको छैन। प्रहरीले चालकलार्इ नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको डिएसपी वलीले जनाकारी दिए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।