शनिबार, जेठ २, २०८३

विप्लव नेतृत्वको नेकपाले कम्युनिष्ट कलेज सञ्चालन गर्ने

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कम्युनिष्ट कलेज सञ्चालन गर्ने निर्णय गरेको छ।
 |  बुधबार, माघ २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ २५, २०७९

काठमाडौं– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कम्युनिष्ट कलेज सञ्चालन गर्ने निर्णय गरेको छ।

National life

पार्टीको केन्द्रीय कार्यालय कपिलवस्तुमा बसेको नवौं केन्द्रीय कमिटी बैठकका निर्णय बुधबार काठमाडौंमा सार्वजनिक गर्दै पार्टी अध्यक्ष विप्लवले नेता-कार्यकर्ताको वैचारीकरण र जननेतृत्व निर्माणका लागि कम्युनिष्ट कलेज स्थापना गर्ने निर्णय गरिएको जानकारी दिए।

विश्व तेस्रो जनयुद्धतर्फ ढल्किनु नै पुँजीवादको असफलता भएको भन्दै बैठकले वैज्ञानिक समाजवादी संस्था स्थापना गरी पुँजीवादको अन्त्य गर्नु यसको समाधान भएको निष्कर्ष निकालेको छ। यस्तै बैठकले उक्त नतिजा हासिल गर्न विचार मिल्नेहरुसँग पार्टी एकता गर्ने निर्णय पनि गरेको छ। क्रान्तिकारी कम्युनिष्ट आन्दोलन, वैज्ञानिक समाजवादी सत्ताका लागि विचार मिल्नेसँग एकता गर्ने, मुद्दा मिल्नेसँग संयुक्त मोर्चा र कार्यगत एकता गर्ने नीतिलाई कार्यान्वयन गर्ने निर्णय बैठकले गरेको हो।

माओ विचारधाराका पार्टीसँग विचारधारा कायम राख्दै कम्युनिष्ट पार्टीहरुसँग सहकार्य गर्ने निर्णय बैठकले गरेको छ।


प्रकाशित: Feb 08, 2023| 15:07 बुधबार, माघ २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...