आइतबार, साउन ३, २०८३

राज्यव्यवस्था समितिमा पत्रकारलाई निषेध

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको नियमित बैठकमा फेरि सञ्चारकर्मीलाई निषेध गरिएको छ।

समितिकी सभापति तथा नेकपाकी सांसद शशि श्रेष्ठ पोखरेलले सोमबारको समिति बैठक चलिरहेका बेला सभाकक्षमा उपस्थित पत्रकारलाई बहिर निकाल्ने आदेश दिएकी थिइन्। बैठकमा सुरक्षा निकायसम्बन्धी गुनासाको बारेमा छलफल चलिरहेका बेला उनले पत्रकारलाई एक्कासी बाहिर जान आदेश दिएकी थिइन्।

एक साताअघि समितिको बैठकमा कञ्चनपुरकी किशोरी निर्मला पन्तको हत्या प्रकरणमा गृहमन्त्री, गृह सचिव र प्रहरी महानिरीक्षक बोलाउने विषयमा छलफल हुँदा पनि सभापति पोखरेलले पत्रकारलाई बैठक कक्ष भित्र प्रवेश गर्न दिएकी थिइनन्।

बैठकको आरम्भमा पत्रकारलाई प्रवेश दिइएको भए पनि विषय प्रवेश गरेपछि समिति सभापति पोखरेलले अन्तरंग कुराकानी गर्नुपर्ने भएको बताउँदै पत्रकारलाई बाहिर निकाल्न मर्यादापालकलाई निर्देशन दिएकी थिइन्। गृह मन्त्रालयअन्तर्गतका नेपाल प्रहरी, सशस्त्र प्रहरी, कारागार व्यवस्था विभागलगायत अधिकारीहरूलाई छलफलमा बोलाइएको थियो।

छलफलमा गृह सचिव प्रेमकुमार राईसमेत उपस्थित थिए। समितिमा राज्यको सुरक्षा व्यवस्थाबारे संगठनात्मक सुधार, जनताले सुशासन महशुस गर्न नसकेको, समस्त सुरक्षा व्यवस्था, विपद् व्यवस्थापन, संगठनात्मक अनुशासनलगायत विषयमा छलफल गर्ने कार्यसूची थियो। विमानस्थलमा हुने समस्या तथा सुरक्षा निकायबारे जनताका गुनासाबारे समेत छलफल गर्ने कार्यसूची थियो।

सैनिक ऐन २०६३ संसदको राज्यव्यवस्था समितिमै छलफल हुँदासमेत पत्रकारलाई बाहिर निकालिएको थिएन। समितिले हतियारको संख्या, सुरक्षा, जिम्मेवारी, भण्डारण र सैनिक रणनीति तथा रक्षाको विषयमा रणनीति तय र निर्णय गर्नुपर्दा मात्र पत्रकारलाई बाहिर निस्कन जनाऊ दिने परम्परा छ।

सत्तारुढ दलकी सांसद समेत रहेकी समिति सभापति पोखरेल नेकपाका सांसद लिलामणि पोखरेलकी श्रीमती हुन्। संयुक्त जनमोर्चा नेपालमा रहेर काम गरेकी पोखरेल माओवादीसँग पार्टी एकीकरणसँग नेतृत्वमा आएकी हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।