सोमबार, साउन ४, २०८३

तराईका महिलाहरुमा जितिया पर्वको रौनक  

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- तराईवासी महिलाहरुको साझा पर्व जितियाको रमझम शुरु भएको छ । विवाहिता महिलाहरुले सोमबार बिहान जलाशय पुगेर पूजाअर्चना गर्दै ब्रत शुरु गरेका छन् ।

हरेक खाले विपद तथा दुःख कष्टबाट जोगिन र परिवार एवं सन्तानको रक्षार्थ महिलाहरु जितिया मनाउने गर्दछन् । घटस्थापना भन्दा करिब डेढ साता अगाडी असोज कृष्ण अष्टमीदेखि तीन दिनसम्म जितिया मनाउने गरिन्छ ।

यस पर्वमा सन्तान तथा पतिको सुखसमृद्धिका लागि स्याल, बाज र मृत श्रेष्ठजनको पुजा गर्ने परम्परा रहेको छ । यस पर्वको पहिलो दिन सोमबार ब्रतालु ‘नहाय खाए’ अर्थात नुहाई धोआई गरेर शुद्ध भई खाने गरिन्छ ।

नहाय खाय ब्रतका दिन ब्रतालु महिलाहरु नदी, पोखरी तथा जलासयमा स्नान गरी घिरौलाको पातमा पिना, तेल, सिन्दुर लगायतका सामग्री सूर्यपुत्र शालिवाहनका छोरा जितवाहनलाई चढाउने गर्दछन् । यस पर्वमा ब्रतालु महिलाहरुले ‘नहाय खायको’ दिन ब्रतालु महिलाहरुले माछा र कोदोको रोटी खाने परम्परा रहेको छ ।

पर्वको दोस्रोदिन देखि ब्रतालुहरु २४ घण्टा लामो निराहार उपवास बस्ने गर्दछन् । ब्रत बसेका महिलाहरु एकै स्थानमा जम्मा भई भगवान जितवाहनको कथा सुन्ने परम्परा समेत रहेको छ । जितिया ब्रत बसेका महिलाहरुले थुकसमेत निल्न नहुने मान्यता रहेको छ । ब्रतालु महिलाले थुक निले ब्रत नै टुंगिने बताउँछिन धर्मशीला कर्ण । 

सोमबार राति खाना खाइसकेपछि ब्रतालु महिलाहरुले मंगलबार दिन र रातभर पानीसमेत नखाएर निराहार बस्नु पर्ने उनको भनाइ छ । पर्वको अन्तिम दिन ब्रतालु महिलाहरु पुनः नदी, पोखरी र जलासयमा स्नान गरेर चिउरा, दही तथा सखरको प्रसाद बनाई अर्घ दिइसकेपछि जितिया ब्रत समाप्त हुन्छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।