सोमबार, साउन ४, २०८३

नेपालमा १६ हजार पोर्न साइटमाथि लाग्यो प्रतिबन्ध

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा चल्दै आएका १६ हजार पोर्न साइटमाथि प्रतिबन्ध लगाएको छ। सरकारले समाजमा यौनहिंसा र बलात्कार बढ्नुमा पोर्न साइटहरू पनि कारक रहेको ठहर गर्दै यस्ता साइट बन्द गर्ने निर्णय गरेपछि प्राधिकरणले प्रतिबन्ध लगाएको हो। 

सूचना तथा प्रविधि मन्त्रालयले देशमा बढ्दो बलात्कार र महिला हिंसाका घटना न्यूनीकरण गर्ने उद्देश्यले गत ५ असोजमा यस्ता साइट पूर्ण रूपमा बन्देज लगाउने निर्णय गरेको थियो। मुलुकी अपराध (संहिता) ऐन, २०७२ को दफा १२१ लाई टेकेर अश्लील साइट बन्देज गर्न निर्देशन दिइएको हो। उक्त दफामा यौनजन्य अश्लील सामग्रीको आदान-प्रदान, प्रकाशन र प्रसारणमा बन्देज लगाइएको छ। 

प्राधिकरणका वरिष्ठ निर्देशक पुरुषोत्तम खनालका अनुसार पहिलो चरणअन्तर्गत यस्ता साइटको सहज पहुँचमा रोक लगाइएको र दोस्रो चरणमा भीपीएनलगायत प्रविधिबाट यस्तो साइट चलाउनेलाई निषेध गर्ने योजना छ।

सरकारको यो निर्णयको विषयमा चौतर्फी विरोध भइरहेको छ। नागरिकको अधिकारमाथि बन्देज लगाइएको, इन्टरनेटको पहुँचलाई खुम्च्याउन खोजिएको बताउँदै सामाजिक सञ्जालमा चर्को विरोध हुँदै आएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।