आइतबार, साउन ३, २०८३

आजका अखबार : डिएनएको रिपोर्ट शंकाको घेरामा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- राजधानीबाट प्रकाशित सोमबारका राष्ट्रिय दैनिक अखबारहरुले निर्मला हत्याकाण्डको अनुसन्धानका लागि लिइएको डिएनएको रिपोर्ट आएको र  त्यसको बैधानिकतामा प्रश्न उठेको विषययलाई मुख्य समाचार बनाएका छन् । 

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्या आशंकामा डीएनए टेस्ट गरिएका एसपी डिल्लीराज बिष्टसहित तीनै जनाको रिपोर्ट ’नेगेटिभ’ आएको छ।  निर्मलाको ‘भेजाइनल स्वाब’मा भेटिएको बलात्कारीको शुक्रकिटसँग परीक्षण गरिएका तीन जनाको डीएनए मेल नखाएको प्रहरीले जनाएको छ । 

डीएनए टेस्टका लागि करिब १५ दिनअछि कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी बिष्टसहित उनका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र बिष्टका भतिजा आयुषको रगत लिएको थियो। प्रहरीकै प्रयोशालामा गरिएको डिएनए टेस्टको सिलबन्दी रिपोर्टलाई आइतबार कञ्चनपुर प्रहरीले खोलेको हो।

यसै विषयलाई मुख्य समाचार बनाउँदै आजको नागरिक दैनिकले शंकास्पद तीनैजनाको डिएनए मेल खाएन शीर्षकमा खबर लेखेको छ भने अन्नपूर्ण पोस्ट्ले अनुसन्धान अनुत्तरित शीर्षकमा खबर छापेको छ । 

आजको अन्नपूर्ण र नयाँ पत्रिकाले निलम्बित एसपी विष्टसहित तीनजनाको डिएनए परिक्षण किन प्रहरी प्रयोशलामा गरियो भनेर प्रश्न उठाएका छन् । नयाँ पत्रिकाले निर्मलाको नाममा न्यायको बलात्कार शीर्षकमा मुख्य समाचार छापेको छ । प्रहरीमाथि यति जोडदार प्रश्न उठ्दा पनि डिएनए टेस्ट प्रहरीकै प्रयोशालामा गर्नुले यो रिपोर्टको बैधानिकतामाथि नै प्रश्न खडा भएको नयाँ पत्रिकाले लेखेको छ । 

प्रधानमन्त्रीले निर्मलाको हत्यारा पत्ता लाग्न १२ वर्ष पनि लाग्न सक्ने भनि अभिब्यक्ति दिएको विषयलाई एङ्कर न्यूज बनाएको आजको कान्तिपुर सात नम्बर प्रदेशको राजधानी विवादलाई मुख्य समाचार बनाएको छ । बाघको बाटोमा राजधानी शीर्षकमा उसले मुख्य समाचार छापेको छ । 

डीएनए परीक्षण किन प्रहरी प्रयोगशालामा ?

आजको अन्नपूर्ण पोस्ट्मा प्रकाशित समाचारअनुसार गृहमन्त्री रामबहादुर थापा भन्छन्, प्रमाण लुकाउन प्रहरी नै संलग्न भयो । अनि प्रहरी आरोपीको डीएनए परीक्षण आफ्नै प्रयोगशालामा गर्छ । यसले आशंका थप बढाएको छ।कानुनी भाषामा भनिन्छ, लास पनि बोल्छ ।

अर्थात् शवमा प्रमाणहरू लुकेका हुन्छन् । तर, प्रमाणहरू प्रहरी संरक्षणमा सुरूदेखि नै एकपछि अर्को गर्दै नष्ट गरिएका छन् । पछिल्लो डीएनए परीक्षण पनि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गरिएन, प्रहरीकै विधि विज्ञान प्रयोगशालामा गरियो । निलम्बित एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट र अर्का स्थानीय आयुष विष्टको डीएनए नतिजा भने नेगेटिभ आएको छ ।

कञ्चनपुरकी १३ बर्से बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा प्रहरी प्रशासनमाथि नै प्रश्न उठेको हो । विकसित मुलुकले सही निर्णयमा पुग्न एकभन्दा बढी मान्यताप्राप्त प्रयोगशालामा डीएनए परीक्षण गराउँछन् ।

अधिवक्ता केदार दाहाल निर्मला बलात्कारपछि हत्या घटनामा प्रहरीको प्रयोगशालाभन्दा राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गरिने उपयुक्त भएको बताउँछन् । उनी भन्छन्, ‘वातावरणीय प्रभावले पनि डीएनएको गुण कोल्याप्स हुन्छ । डीएनए संकलनका प्रक्रियामा चाहिने विशेष खालको बक्स छैन भन्ने सुनेको छु । प्रहरी नै मुछिएको घटनामा प्रहरीले स्वतन्त्र ढंगले गहिरोसँग परीक्षण गर्न सक्यो–सकेन भन्ने प्रश्न उठ्छ ।’

अपराधिक घटनामा प्रहरीको संलग्नता हुन सक्ने सम्भावना रहेकाले अस्टे«लियामा कानून मन्त्रालयअन्तर्गत विधि विज्ञान प्रयोगशाला राखिएको छ । प्रहरी नै मुछिएको मुद्दामा स्वतन्त्र हैसियतको विधि विज्ञान प्रयोगशालामा डीएनए परीक्षण गर्नुपर्ने दाहालले बताए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।