आइतबार, साउन ३, २०८३

बालिका बलात्कारको आरोपमा युवक पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी- कैलालीको घोडाघोडीकी १४ वर्षीया  बालिका बलात्कारको अभियोगमा एक जना पक्राउ परेका छन्। प्रहरीले कञ्चनपुरको त्रिभुवनबस्ती नगरपालिका ७ का १८ वर्षीय  किरण विकलाई पक्राउ गरेको हो।

घरमा कोही नभएको अवस्थामा बालिका बलात्कारमा परेको उनका अभिभावकले जनाएका छन्। घटना आइतबार बिहानको हो। इलाका प्रहरी कार्यालय सुखडका निरीक्षक यक्ष जोशीले बालिका र युवक दुवैलाई स्वास्थ्य परीक्षणका लागि धनगढीस्थित सेती अञ्चल अस्पतालमा पठाएको जानकारी दिए। 

युवकविरुद्ध बालिकाका आफन्तले बेलुकी ढिलोगरी मात्र जाहेरी दिएको जाोशीले जानकारी दिए। युवक सुखडमा मामाघरमा बस्दै आएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।