आइतबार, साउन ३, २०८३

धनगढी बन्द फिर्ता, आन्दोलनको स्वरुप परिवर्तन गरिने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी- सुदूरपश्चिम प्रदेशको राजधानी ‘गोदावरी’ तोकिएको भन्दै धनगढीमा आह्वान गरिएको आम हडताल फिर्ता गरिएको छ । 

केहीबेर अघि बसेको आन्दोलनकारीको बैठकले आन्दोलन फिर्ता लिने निर्णय गरेको हो । नेपालीका महान चाड दशै तिहार नजिकै आईरहेको र विद्यालयको पठन पाठन प्रभावित भएपछि आम हडताल फिर्ता गरिएको हो । 

तर, उनीहरुले आन्दोलन जारी रहेन स्वरुप परिवर्तन गरिने बताएका छन । सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी सारिएको विरोधमा  धनगढीमा गरिएको आन्दोलन उग्र बन्दै गएको थियो । 

प्रदर्शनकारीहरु जवरजस्ती बजार बन्द गराउने, खुल्ला रहेका पसलमा ढुङगा हान्ने, गाली गर्ने, अटो रिक्साका चापी थुत्ने, हावा फुस्काईदिने लगायतका उच्छृङखल गतिविधिमा गर्दै आएका थिए । 

आईतवार मात्रै उनीहरुले निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानका लागि गठित उच्चस्तरीय सरकारी छानबिन समितिका सदस्य वीरेन्द्र केसी चढेको गाडीमा ढुंगा प्रहार गरेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।