आइतबार, साउन ३, २०८३

३६ हजार फिट उचार्इमा विमानको इन्जिन फेल भएपछि...

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
हैदरावाद- उडिरहेको जेट एयरको विमानको इन्जिन एकाएक फेल भएपछि आकस्मिक अवतरण गरिएको छ । यो अखर भारतको हैदरावादबाट इन्दोरका लागि उडेको जेट विमान ७३७ को हो ।

विमानमा यात्रु र चालक दलसहित एक सय दिन जना मानिस थिए । विमान ३६ हजार फिट माथि उडिरहँदा आकाशमै इन्जिन फेल भएको थियो । इन्जिन फेल भएपछि विमानलार्इ गन्तव्यमा नपुर्‍याइ बीचमै अवतरण गरिएको हो ।

विमान १२ :०६ बजे इन्दोर विमानस्थलमा आकस्मिक अवतरण गरेको छ। सबै यात्रु सकुशल रहेको इन्दोर विमानस्थलका निर्देशक ए. सान्यालले बताए । जेट एयरवेज ९ डब्लु ९५५ उडानका पाइलटले एयर ट्राफिक कन्ट्रोलमा सम्पर्क गरी एउटा इन्जिन फेल भएको जानकारी गराएपछि नजिकैको विमानस्थलमा सफल अवतरण गरिएको सान्यालले बताए । 

अवतरणका क्रममा हुने सम्भावित दुर्घटनालार्इ रोक्न विमानस्थलमा विशेष सुरक्षा सतर्कता अपनाएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।