आइतबार, साउन ३, २०८३

निधि भन्छन्- संघीयता ध्वस्त पार्न खोज्दैछ सरकार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
घोराही- कांग्रेस उपसभापति विमलेन्द्र निधिले वर्तमान सरकार संघीयतालार्नै ध्वस्त पार्न उद्यत भएको आरोप लगाएका छन्। 

प्रेस युनियन दाङले घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘संघीय व्यवस्थाले निर्दिष्ट गरेका कुनै पनि काम वर्तमान सरकारले गरेको छैन। यसबाट संघीय व्यवस्था नै ध्वस्त हुने आशंका बढेको छ।’

मुलुकमा आपराधिक घटना बढिरहेको र त्यसमा संलग्नलाई पक्राउ गरेर कारवाही गर्न सरकार असफल देखिएको बताए। कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई बचाउन सरकार आफैं लागिपरेको निधिको आरोप थियो। ‘यसबाट सरकार कति निरीह छ भन्ने प्रस्ट हुन्छ,’ निधिले भने, ‘पीडित परिवारले न्याय मागिरहेको छ। सरकार भने दोषीलाई बचाउन लागिपरेको छ।’

वर्तमान सरकारका गतिविधिबाट जनता आजित देखिन थालेको उनको दाबी थियो। सत्तारुढ दलकै वरिष्ठ नेताले देश डुब्न लाग्यो भनेर संसदमा गुहार मागिरहेको उनले उल्लेख गरे। 'यसबाट वर्तमान सरकारको असफलता पुष्टि गर्छ,’ निधिले भने।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।