बुधबार, जेठ २४, २०८०

तीन दिने नेपाल भ्रमण सकेर आज स्वदेश फर्कंदै मलेसियाका गृहमन्त्री

तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै तीन दिने भ्रमणमा नेपाल आएका मलेसियाका गृह मन्त्री दातुक सेरी सैफुद्धिन नासुसिओन बिन इस्माइल आज स्वदेश फर्कंने भएका छन्।
 |  शनिबार, माघ २१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ २१, २०७९

काठमाडौं- तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै तीन दिने भ्रमणमा नेपाल आएका मलेसियाका गृह मन्त्री दातुक सेरी सैफुद्धिन नासुसिओन बिन इस्माइल आज स्वदेश फर्कंने भएका छन्। उनी पौने १ बजे काठमाडौंबाट स्वदेश प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

Everest Bank

चार्टर विमानमा काठमाडौं आएका मलेसियाको प्रतिनिधिमण्डल बंगलादेशको राजधानी ढाका हुँदै क्वालालम्पुर जाने उडान तालिका रहेको बताइएको छ। हिजो नेपाल र मलेसियाबीच श्रमिक सहकार्यसम्बन्धी पुरानो समझदारीपत्रलाई परिमार्जन गर्ने समझदारी भएको छ। 

मलेसियामा रहेका नेपाली कामदारको हकहित, सुरक्षा र कल्याणका विषयमा द्विपक्षीय सहयोग आदान प्रदान गर्ने सहमति पनि भएको छ।

औपचारिक भेटवार्तामा फ्रि भिसा र फ्रि टिकटको व्यवस्थालाई अझै कडाइका साथ लागु गर्ने प्रतिबध्दता नेपाली अधिकारीले व्यक्त गरेका छन्।

प्रकाशित: Feb 04, 2023| 01:10. 00 शनिबार, माघ २१, २०७९
प्रतिक्रिया दिनुहोस्