आइतबार, साउन ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • निर्मला हत्याकाण्ड : छानविन समिति सदस्य केसीमाथि आक्रमण

निर्मला हत्याकाण्ड : छानविन समिति सदस्य केसीमाथि आक्रमण

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी- कञ्चनपुरकी किशोरी निर्मला पन्त बलात्कारपछिको हत्या प्रकरणको छानविन गर्न गठित उच्चस्तरीय समितिका सदस्य वीरेन्द्र केसीमाथि कैलालीमा आक्रमण भएको छ। 

काडमाडौंबाट फर्किएर सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको गाडीमा कैलालीको गेटा विमानस्थलबाट कार्यालय गइरहेका बेला उनी चढेको बा१ज ९७०३ नम्बरको गाडीमा आक्रमण भएको हो। 

प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव केसी चढेको गाडीको पछिल्लो भागमा ढुंगाले लागेको छ। केसीको टाउकोमा सिसाका टुक्रा लागे पनि अस्पताल भर्ना हुने गरी चोटपटक नलागेको प्रहरीले जनाएको छ।

गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको उच्चस्तरीय छानविन समितिको सदस्य रहेका केसीले १५ दिन कञ्चनपुरमा बिताएर काठमाडौं पुगेपछि समितिबाट राजिनामा दिएको घोषणा गरेका थिए। तर, गृहमन्त्री रामबहादुर थापासँग भेटेपछि भोलिपल्टै समितिमा फर्किएका थिए। आफूलाई शक्तिशाली निकायबाट थ्रेट आएको बताउँदै उनले राजिनामा दिएका थिए। 

राजधानी गोदावरी सारेको विरोधमा आम हडताल घोषणा गरेका धनगढीवासीले काठमाडौंबाट आइतबार धनगढी पुगेका केसीको गाडीमा तोडफोड गरेका हुन्। ‘गाडीको पछाडिको पूरै सिसा फुटेको छ,’ केसीले भने, ‘ढुंगा भित्र पस्न पाएन तर सिसाका कारण पछाडि बसेका सुरक्षाकर्मीको हातमा सिसा लागेर सामान्य चोटपटक लागेको छ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।