आइतबार, साउन ३, २०८३

यस्ता छन् प्रहरीका दशैं लक्षित सुरक्षा योजना

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपालीहरूको महान चाड दशैं, तिहार र छठमा काठमाडौं उपत्यकाको जनजीवन सहज बनाउन नेपाल प्रहरीले सुरक्षा योजना ल्याएको छ। 

आइतबारदेखि लागू भएको यो कार्यक्रमले जनमानसमा सुरक्षाकर्मीको सहज पहुँज तथा सर्वसुलभताको वातावरण तयार गर्ने, अपराध न्यूनीकरण गर्ने, अपराधीलाई कारवाहीको दायरामा ल्याउने र साधनस्रोतको दुरुस्त तथा प्रभावकारी परिचालन हुने प्रहरीको भनाइ छ।

ड्रोनबाट पनि उपत्यकामा गस्ती

प्रहरीले चाडपर्वका बेला काठमाडौंको सुरक्षा गस्तीका लागि ड्रोनको प्रयोग गर्ने भएको छ। काठमाडौं भित्रिने र बाहिरिने नाकामा सुरक्षा जाँचका लागि ड्रोनको प्रयोग हुनेछ।

यस्तै, १४ वटा संवेदनशील क्षेत्रको पहिचान गरी तिनका लागि विशेष सुरक्षा योजना बनाएको छ। ६० टोलीले पैदलै गस्ती गर्नेछन् भने साइकल गस्तीका लागि ३६ वटा टोली बनाइएको छ। ३० वटा टोलीले मोटरसाइकलबाट गस्ती गर्नेछन्। 

यस्तै, २४ वटा मोटर गस्तीको टोली पनि बनाइएको छ। यो अभियान सफल बनाउन सादा पोशाकमा खटिने गरी ७० वटा सूचना संकलन टोली पनि बनाइएको छ। 

५३ वटा हतियारसहितको टोली बनाइएको छ । क्विक रेस्पोन्स टिम नामाकरण गरिएको यो टोली घटनाको सूचना पाएलगत्तै मोटरसाइकलबाट परिचालन हुनेछ। अभियान सफल बनाउन तीन हजार पाँच सय ३५ सुरक्षाकर्मी परिचालन गरिएको छ। 



कहाँ कहाँ हुन्छ बढी निगरानी?

प्रहरीले सुरक्षा योजनाका लागि परिचालन हुने स्थान पनि तोकेको छ। सर्वसाधारणको घर तथा सम्पत्ति रहेको स्थान, विशिष्ट व्यक्ति, महत्वपूर्ण प्रतिष्ठान, मठमन्दिर र गुम्बा रहेको स्थान, वित्तीय संस्था र आर्थिक कारोबार हुने स्थानलाई प्राथमिकतामा राखेर सुरक्षा प्रदान गरिने प्रहरीले जनाएको छ। 

यस्तै, यातायात सञ्चालन हुने स्थान, व्यापारिक कारोबार हुने स्थान, सरकारी कार्यालय तथा सरकारी सम्पत्ति रहेका स्थान, काठमाडौं प्रवेश गर्ने नाका, होटेल रेस्टुराँ, गेस्ट हाउस र भीआईपीको आवतजावत हुने ठाउँलाई बढी निगरानी गरिनेछ।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।