आइतबार, साउन ३, २०८३

अम्बिका अर्यालको अविश्रान्त उपन्यास लोकार्पण

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौँ- अम्बिका अर्यालको पहिलो उपन्यास ‘अविश्रान्त’ काठमाडौँको सर्वनाम नाटकघरमा सार्वजनिकीकरण भएको छ ।

गुञ्जन साहित्य संस्थाको आयोजनामा भएको उक्त कार्यक्रममा साहित्यकार कृष्ण धराबासी, कुमारी लामा, गुञ्जनका अध्यक्ष हिरण्यकुमारी पाठक र लेखक स्वयम्ले उक्त उपन्यास सार्वजनिक गरेका थिए । 

अन्तरक्रियात्मक शैलीमा भएको उक्त कार्यक्रममा साहित्यकार धराबासी र कुमारी लामाले यसका विषय र शैलीका पक्षका आ–आफ्नो विचार प्रस्तुत गरेका थिए । मोहन बास्तोलाले सहजीकरण गरेको उक्त कार्यक्रममा धराबासीले समाजका यथार्थ पात्रहरुको जीवन्त घटना प्रस्तुत गरिएको विचार व्यक्त गर्दै यसमा प्रयोग गरिएको इ–प्रविधि, सर्जरीजस्ता नयाँ प्रविधिले उपन्यासलाई नयाँ विषयतिर उन्मुख बनाएको विचार व्यक्त गरे  । 

त्यसैगरी उनले लेखक र पाठक तथा चरित्रलाई समेत संवाद गराएर उपन्यासभित्रै प्रस्तुत गरिएको उक्त उपन्यासमा उत्तरआधुनिक शैलीको प्रयोग गरिएको विचार प्रस्तुत गरे । मानवजीवनका विखण्डित र अपूर्णताहरुजस्तै उपन्यासमा पात्रका जीवनका रिक्ततालाई छाडिनु नवीन प्रवृत्ति भएको उहाँको टिप्पणी थियो । 

कुमारी लामाले यो उपन्यास नारीवादको वैचारिक दृष्टिले सबल भए पनि पुरुषप्रतिको परम्परागत समपर्णलाई परित्याग गर्न नसकेको धारणा व्यक्त पनि व्यक्त गरे । उनले नारीस्रष्टाका कलमबाट नारीका विचार तथा भावलाई कलात्मक तरिकाले प्रस्तुत गरिएको विचारसमेत व्यक्त गरे । 

उपन्यासमा यस प्रकारको परम्परा आउनुमा लेखकीय कमजोरीभन्दा सामाजिक धरातलको दोष रहेको विचार धराबासीले अगाडि सारे । आर्थिक स्तर नउस्केसम्म अर्थात् आर्थिक रुपमा सक्षम नभएसम्म नारीहरु आत्मनिर्भर बन्न नसक्ने धारणा पनि उनले प्रस्तुत  गरे । उपन्यासकार अर्यालले उपन्यासमा पात्रहरु स्वतन्त्र रहेकाले तिनीहरुको भूमिकाअनुसार आफ्नो चरित्र निर्माण गरेको विचार व्यक्त गरिन् । 

वर्तमान समयमा शून्यता, अपूर्णता र अस्थिरता रहेकाले एउटा उपन्यासमा व्यक्तिको समग्र पक्षलाई अटाउन नसकिने तथा रिक्तता पनि उत्तरआधुनिक शैली भएकाले उपन्यासमा उत्तरआधुनिक प्रवृत्तिलाई समाहित गरिएको भावसमेत उनले प्रस्तुत गरिन् । 

यस्तै नारीका उपन्यासहरुमा नै विद्यावारिधि अनुसन्धान गर्दै गरेकी अर्यालले नारी स्रष्टाका धेरैजसो उपन्यासहरु परम्परागत शैलीको भएकाले आफूले यसमा नयाँ प्रयोग गरेको विचार पनि प्रस्तुत गरिन् । 

गुञ्जनका अध्यक्ष पाठकले नारी साहित्यकारहरुको यस संस्थामार्फत् कार्यक्रम गर्न पाएकोमा खुसी व्यक्त गर्दै पहिलो प्रयासमा नै यस प्रकारको सशक्त उपन्यास प्रकाशन गर्न सकेकोमा बधाइज्ञापन गरिन् । उक्त उपन्यास साङ्ग्रिला बुक्सले प्रकाशन गरेको हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।