आइतबार, कात्तिक ८, २०८३

सात सय करोड नाघ्यो ‘पठान’को कमाइ, छैन सुस्त हुने छाँट

फिल्मले २५ जनवरीमा ५५ करोड भारुको ओपनिङ गरेको थियो।
 |  शुक्रबार, माघ २०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २०, २०७९

काठमाडौं- शाहरुख खान र दीपिका पादुकोण स्टारर फिल्म ‘पठान’ले बक्स अफिसमा कमाल गर्ने क्रम जारी छ। पठानको गति सुस्त हुने छाँट देखिएको छैन।

बलिउड ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार रिलिजको नवौं दिनमा पठानले विश्व बक्स अफिसमा ७०० करोडको आँकडा पार गरेको छ। 

फिल्मले २५ जनवरीमा ५५ करोड भारुको ओपनिङ गरेको थियो। हिन्दी फिल्मको इतिहासमा ओपनिङ विकेन्डमा सर्वाधिक कमाउने फिल्मसमेत बन्यो पठान। यस्ता १७ रेकर्ड बनाइसकेको छ।

सिद्धार्थ आनन्दद्वारा निर्देशित ‘पठान’ले  ‘केजीएफ च्याप्टर २’ र ‘बाहुबली २’को कीर्तिमानलाई भने तोड्न सकेको छैन।

यस सप्ताहन्तमा ठूला फिल्म रिलिज नभएपछि पठानको गतिले निरन्तरता पाउने देखिएको छ। शाहरुखको सम्मानकै लागि भनेर कार्तिक आर्यनले ‘शाहजादा’को प्रदर्शन मिति पछि सारिसकेका छन्। अब यो फिल्म फेब्रुअरी १७ मा रिलिज हुनेछ।

यशराज ब्यानरमा बनेको पठान जासुसी ब्रह्माण्डमा आधारित छ। एक था टाइगर, टाइगर जिन्दा है र वार पनि यस्तै फिल्म हुन्। 


प्रकाशित: Feb 03, 2023| 19:00 शुक्रबार, माघ २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।