बिहीबार, वैशाख ३१, २०८३

सेक्सुअल ह्यारेसमेन्टमा नाना पाटेकरले मुख खोले

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
काठमाडौं- तनुश्री दत्तले अभिनेता नाना पाटेकरमाथि लगाएको सेक्सुअल ह्यारेसमेन्टको मुद्दाले बलिउड फिल्म उद्योगमा निक्कै चर्चा पायो।

चर्चित बलिउड कलाकारहरूले पनि यो विषयमा उचित छानविन गर्नुपर्ने धारणा राखेका छन्। एउटा गीतको भिडियो सुटिङका क्रममा पाटेकरले तनुश्रीलाई अस्वाभाविक रूपमा संवेदनशील अंगमा छोएको आरोप लगाएकी थिइन्। 

यो घटना १० वर्षअघिको हो । स्वारा भास्कर, प्रियंका चोपडाहरूले खुला रूपमा तनुश्रीको समर्थनमा आवाज उठाएका छन्। उनीहरुले तनुश्रीमाथि भएको घटनाको निष्पक्ष छानविन माग गरेका छन्।

तनुश्रीमाथिको सेक्सु्कल ह्यासेरमेन्टको मुद्दाका आरोपी पाटेकर निक्कै समय मौन रहे। बलिउडमा आफूले गर्दै नगरेको कामलार्इ लिएर नकारात्मक हल्ला चलाइएको बताउँदै आफू काममा व्यस्त रहेको र सुटिङ सकिएपछि सञ्चारकर्मीसँग प्रत्यक्ष जवाफ दिने बताएका छन्। त्यसका लागि आफैंले पत्रकार सम्मेलन गर्ने उनको भनाइ छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्