आइतबार, साउन ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रहस्यमय बन्दै निर्मला हत्याकाण्ड : एसपी बिष्टसहित तीनै जनाको 'डीएनए' मिलेन

रहस्यमय बन्दै निर्मला हत्याकाण्ड : एसपी बिष्टसहित तीनै जनाको 'डीएनए' मिलेन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
कञ्चनपुर- बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्या आशंकामा डीएनए टेस्ट गरिएका एसपी डिल्लीराज बिष्टसहित तीनै जनाको रिपोर्ट 'नेगेटिभ' आएको छ। 

निर्मलाको ‘भेजाइनल स्वाब’मा भेटिएको बलात्कारीको शुक्रकिटसँग परीक्षण गरिएका तीन जनाको डीएनए मेल नखाएको सरकारी वकिल कार्यालय कञ्चनपुरका जिल्ला न्यायाधिवक्ता खेमराज भट्टले जानकारी दिए। 

डीएनए टेस्टको करिब १५ दिनपछि आएको रिपोर्टमा कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी बिष्टसहित उनका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र बिष्टका भतिजा आयुषको डीएनए मेल नखाएको भट्टले बताए।  

झण्डै दुई साताअघि प्रहरी प्रधान कार्यालयले उनीहरू तीनै जनाको डीएनए परीक्षणका लागि रगत लिएको थियो। केन्द्रीय विधि विज्ञान प्रयोगशालाबाट आएको सिलबन्दी रिपोर्टलाई आइतबार कञ्चनपुर प्रहरीले खोलेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी कुवेर कडायतले अनुसन्धान अधिकृत कृष्णराज ओझासहित जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता खेमराज भट्टसहितको उपस्थितिमा रिपोर्ट खोलिएको बताए।

निर्मलाको पक्षमा आन्दोलित स्थानीयवासीले माग गरेबमोजिम उनीहरूको डीएनए परीक्षण गरिएकको थियो। 

जिल्ला न्यायाधिवक्ता भट्टका अनुसार निर्मलाको डीएनए प्रोफाइल बनेको छ। जसले बलात्कार गरेको हो, त्यसको डीएनए म्याच हुनेछ। पक्राउ परेर सार्वजनिक गरिएका भीमदत्त नगरपालिका १९ बागफाँटाका ४१ वर्षीय दिलिप बिष्ट, भीमदत्त नगरपालिका १८ निम्बुखेडाका चक्रदेव बडूको समेत डिएनए रिर्पोट मिलेको थिएन।

यसअघि पक्राउ परेका दुई र बाँकी तीनै जनाको डीएनए रिपोर्ट नमिलेपछि अब निर्मलाको वास्तविक हत्यारा को हो भन्ने प्रश्न खडा भएको छ । स्थानीय बासिन्दाले एसपी बिष्ट र उनको अनुसन्धान टोलीका इन्स्पेक्टर र दुई जना सईलाई नियन्त्रणमै राखेर अनुसन्धान नहुँदासम्म घट्ना बाहिर नआउने बताउँदै आन्दोलन थालेका छन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।