आइतबार, साउन ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • निर्मला हत्या काण्ड : एसपी विष्टसहित तीनैजनाको डिएनए मिलेन !

निर्मला हत्या काण्ड : एसपी विष्टसहित तीनैजनाको डिएनए मिलेन !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्या आशंकामा गरिएको डिएनए टेस्टको रिपोर्ट आज सार्वजनिक गरिने भएको छ। 

निर्मलाको बलात्कार पछि हत्यामा संलग्न भएको आशंकामा प्रहरीले कञ्चनपुरका तत्कालिन प्रहरी प्रमुख एसपी डिल्ली विष्टसहित तीनजनाको डिएनए परीक्षण गर्न पठाएको थियो । डिएनए परिक्षणका लागि एसपी विष्टसंगै उनका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुषको नमूना संकलन गरी पठाइएको थियो ।

बिहान १० बजे सरकारी वकिलको कार्यालय कञ्चनपुरमा डिएनए रिपोर्ट सार्वजनिक गरिन लागेको जानकारी दिएको छ । डिएनए परीक्षण प्राप्त भएको तीन दिन भइसक्दासमेत सार्वजनिक नगरेको भन्दै स्थानीयले प्रहरीलाई सार्वजनिक गर्न दबाब दिएका थिए ।

गोप्य स्रोतका अनुसार तीनै जनाको डिएनए निर्मलासंग मिलेको छैन् । निर्मलाको ‘भेजाइनल स्वाब’मा भेटिएको बलत्कारीको शुक्रकिटसँग परीक्षण गरिएका ३ जनाको शुक्रकिट मेल नखाएको हो । यद्यपी यसको आधिकारी पुष्टि हुन सकेको छैन् । आधिकारीक जानकारी बिहान १० बजे दिने तयारी भएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।