आइतबार, साउन ३, २०८३

पार्टीभित्र बहुमत गुमाउँदै ओली-प्रचण्ड

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- कुनै बेला आफ्ना समूहका कार्यकर्ताको पक्षमा अडान नलिएको आरोप बेहोरेका नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल फेरि सक्रिय भएका छन् ।  प्रदेश, जिल्ला र जनवर्गीय संगठनको नेतृत्व स्थायी समितिबाट टुंगो लगाउने सहमति गरेर दक्षिण अफ्रिका गएका नेपाल स्वदेश फर्कंदा अध्यक्षद्वय केपी ओली र प्रचण्डसहितको सचिवालय बैठकले प्रदेशको नेतृत्व टुंगो लगाइसकेको थियो।

उनी विमानस्थलमा झर्नासाथ अध्यक्ष ओली, प्रचण्डका साथै आफूप्रति समेत कार्यकर्ताको ठूलो असन्तुष्टि रहेको थाहा पाएका थिए। उनलाई सधैं लिन जाने कार्यकर्ता त्यस दिन गएनन् । कारण एउटै थियो, ओली र प्रचण्डसँग आत्मसमर्पण गरेको भन्ने आरोप ।

पार्टीको सचिवालयको बैठकको निर्णय र आफूसमर्थक नेता/कार्यकर्ताको असन्तुष्टि सम्बोधन गर्न नेपालले उक्त निर्णयमा असहमति जनाउँदै आफूसमर्थक स्थायी समिति सदस्यहरूको भेला बोलाए। चियापानका नाममा भेला बोलाए पनि त्यसको  अर्थ  नेता/कार्यकर्तालाई आश्वस्त पार्ने र  सचिवालयको निर्णयको कडा प्रतिवाद गर्ने थियो।

तर, नेपालका लागि उक्त भेला अपेक्षा गरेभन्दा बढी उपलब्धीपूर्ण रह्यो। भेलामा आउने अपेक्षा नगरेका नेताहरू समेत सहभागी भएका थिए। भेलामा स्थायी समिति सदस्य नारायणकाजी श्रेष्ठ र वर्षमान पुन सहभागी थिए।

४५ सदस्यीय स्थायी समितिमा नेपालको पक्षमा भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, प्रदीप ज्ञवाली, भीम आचार्य, गोकर्ण बिष्ट, योगेश भट्टराई,  सुरेन्द्र पाण्डे, सत्यनारायण मण्डल, रघुजी पन्त र वेदुराम भुसाल छन्।
 
पार्टी सचिवालयको निर्णय प्रक्रियाप्रति असन्तुष्ट नेताहरू सबै गोलबद्ध गराउन सकेमा स्थायी समितिमा माधवकुमार नेपाल पक्षमा करिब ३० सदस्य पुग्ने सम्भावना बढेको छ ।

शुक्रबार उनको भेलामा गएर अर्का स्थायी समिति सदस्य वामदेव गौतमले समर्थन गरेका छन् । उनले समर्थन गरेपछि अर्का स्थायी समिति सदस्य किरण गुरुङ पनि अर्को कित्तामा रहन सक्दैनन्। यसो हुँदा पूर्वएमालेका तर्फबाट उनको समर्थनमा १४ स्थायी समिति सदस्य हुनेछन्।

नेपालको भेलामा सहभागी भएका नारायणकाजी श्रेष्ठले पनि सचिवालयको निर्णयप्रति आपत्ति जनाइसकेका छन् । यदि नेपाललाई नारायणकाजीको साथ रहेको खण्डमा गिरिराजमणि पोखरेललगायत श्रेष्ठसमर्थक चार स्थायी समिति सदस्यले पनि नेपाललाई समर्थन गर्ने अनुमान गरिएको छ। यसो हुँदा नेपालको पक्षका स्थायी समितिमा १८ सदस्य पुग्नेछन्।

नेपाललाई अर्को सजिलो थपिएको छ, गृहमन्त्री रामबहादुर थापा बादलको असन्तुष्टी। उनी पनि पार्टी अध्यक्ष प्रचण्डसँग असन्तुष्ट बनेका छन् । यो असन्तुष्टिको फाइदा नेपाल पक्षलाई पुग्नेछ। बादलसँगै पम्फा भुसाललगायत अरू चार स्थायी समिति सदस्य थपिने सम्भावना छ । यसो हुँदा स्थायी समितिमा नेपाल पक्ष झण्डै बहुमतनजिक पुग्नेछ । प्रचण्डसँग असन्तुष्ट रहेका वर्षमान पुनले नेपाललाई समर्थन गरेको खण्डमा स्थायी समितिमा कम्तीमा थप चार जनाको समर्थन प्राप्त हुँदा माधव नेपाल सजिलै बहुमततर्फ जाने सम्भावना बलियो छ।

सचिवालयको निर्णयप्रति पूर्वमाओवादी पृष्ठभूमिका स्थायी समिति सदस्यहरू देवेन्द्र पौडेल, टोपबहादुर रायमाझी, अग्नि सापकोटा, मणि थापालगायत नेता पनि असन्तुष्ट छन् ।

पार्टीभित्रको निर्णय प्रक्रियाप्रति स्वयं अध्यक्ष ओली र प्रचण्डको क्यम्पमा समेत असन्तुष्टि छ। तर, त्यसलाई माधव नेपालले कति ‘क्यास’ गर्न सक्ने हुन् भन्नेमा चाहीं शंका छ। माधव नेपालले आफ्ना टाउको गनेर नेतृत्वसँग सम्झौता गर्लान् कि भन्ने आशंका पनि उत्तिकै छ। पार्टीमा नेपाल बहुमततर्फ उन्मुख भएसंगै दुई अध्यक्ष केपीशर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको स्तर खस्कदै गएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।