आइतबार, साउन ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • निर्मला हत्याकाण्ड : महेन्द्रनगरमा धर्ना, धनगढीमा विधार्थी सडकमा  

निर्मला हत्याकाण्ड : महेन्द्रनगरमा धर्ना, धनगढीमा विधार्थी सडकमा  

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
 
धनगढी- कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्याकाण्डबारे उच्चस्तरीय छानबिन समितिले पेश गरेको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै महेन्द्रनगरको धर्ना सुरु गरिएको छ । 

धनगढीमा शनिवार नै विधार्थीले जुलुस निकालेका छन् । निर्मला हत्याकाण्डमा संलग्नलाई कारबाही र निर्मलालाई न्याय दिलाउन माग गर्दै बिधार्थी सडकमा उत्रिएका हुन् । बेलुकीपख ट्राफिक चौराहबाट कालै पहिरनमा सटेपिङ स्टोन स्कुलका विधार्थीले जुलुस निकाले । 

बलात्कारीलाई फासिदे , छोरीको सुरक्षा दिन नसक्ने सरकार चाहिदैन जस्ता नारा लगाउदै बजार परिक्रमा गरेका छन् । महेन्द्रनगरको मदनचोकमा शनिबारदेखि अनिश्चितकालिन धर्ना सुरु गरिएको हो ।  निर्मला हत्याबारेको प्रतिवेदन सार्वजनिक गर्न दबाब दिन धर्ना बस्न बाध्य भएको अधिकारकर्मी माया नेगीले बताईन् ।


प्रतिवेदन सार्वजनिक नगरेर सरकारले बलात्कारीलाई बचाउन खोजेको उनको आरोप छ । प्रतिवेदन सार्वजनिक गरेर दोषीलाई कारबाही नगरेसम्म धर्ना जारी रहने उनीहरुले बताएका छन्।मृतक निर्मलाका बुवा यज्ञराज पन्तले पनि तत्काल प्रतिवेदन सार्वजनिक गरेर दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।

गृहमन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा गत भदौ ७ गते गठन गरेको उच्चस्तरीय छानबिन समितिले घटनाबारे एक महिना अध्ययन गरी तयार पारि गृहमन्त्री राम बहादुर थापालाई बुझाएको प्रतिवेदन सार्वजनिक गरिएको छैन ।




 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।