आइतबार, साउन ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कर्णालीमा हिल्सा-जमुनाह फास्ट ट्रयाक बनाइने, ‘एयरलाइन्स’ चलाइने 

कर्णालीमा हिल्सा-जमुनाह फास्ट ट्रयाक बनाइने, ‘एयरलाइन्स’ चलाइने 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
सुर्खेत–चीन भ्रमणबाट फर्किएपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश विकासका लागि दुई वटा सपना देखेका छन् । पहिलो विदेश भ्रमर्ण सकेर सुर्खेत फर्किएयता मुख्यमन्त्री शाहीले चीनकै सहयोगमा हिल्सा–जमुनाहा फाष्ट ट्रयाक सञ्चालनमा ल्याउनेदेखि ‘कर्णाली एयरलाइन्स’ चलाउनेसम्मको सपना देखेका हुन् । 

‘हिल्सा–जमुनाह फास्ट ट्रयाक निर्माणको लागि चिनियाँ पक्षसँग समझदारी भएको छ’ मुख्यमन्त्री शाहीले भने ‘केही समयमै ‘फिजिबिलिटी’ अध्ययन र प्रारम्भिक सर्भे हुनेछ ।’ अध्ययनपछि कुरा मिल्यो भने संघीय सरकार र चाइना हाइवे कम्पनीबीच सम्झौता गरी काम अघि बढाउने उनको भनाई छ ।

यस्तै मुख्यमन्त्री शाहीले कर्णालीमा चीनकै सहयोगमा प्रदेश सरकारले एयरलाइन्स चलाउने पनि सपना देखेका छन् । चीन सरकारसँग बैदेशिक ऋणबारे छलफल भएको जानकारी दिँदै शाहीले भने ‘प्रदेश सरकारले कर्णाली एयर चलाउने कि भन्ने सोच बनेको छ ।’ 

ऋण मागेर प्रदेशमा आन्तरिक उडान र अन्तरप्रदेशीय उडान लागि कम्तिमा दुईवटा विमान खरीद गर्न सकिने उनको भनाई छ । यस्तै भ्रमणमा सुर्खेत विमानस्थल स्तरोन्नति र मदाने चौरमा प्रस्तावित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सहयोगको छलफल भएको शाहीले बताए ।

सिचुवान प्रान्तका गभर्नर यीनलीको निमन्त्रणमा मुख्यमन्त्री शाही तीन सदस्यीय टोलीसहित असोज ३ गते चीन गएका थिए ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।