बुधबार, चैत ८, २०७९

चलचित्र पत्रकारिता कार्यशाला सम्पन्न

चलचित्र पत्रकार सङ्घ नेपालको आयोजनामा दुई दिने कार्यशाला सम्पन्न भएको छ।
 |  आइतबार, माघ १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ १५, २०७९

काठमाडौं- चलचित्र पत्रकार सङ्घ नेपालको आयोजनामा दुई दिने कार्यशाला सम्पन्न भएको छ। शुक्रबार र शनिबार ‘फिल्म जर्नालिज्म इन मोडर्न ईरा’ शिर्षकमा सञ्चालित कार्यशालामा काठमाडौं र काठमाडौं बाहिरका सय बढी पत्रकारले सहभागीता जनाएका थिए।

National life insurance

काठमाडौंस्थित चलचित्र विकास बोर्डको हलमा सञ्चालित कार्यशालामा प्रेस काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसाल, कृष्ण भट्टराई, प्रकाश सायमी, बिकास रौनियार, केपि ढुंगाना, बिष्णु घिमिरे ‘कल्पित’, नरेश भट्टराई, शान्तिप्रिय, बिदुर गिरी, बिजयरत्न तुलाधर र डब्बु क्षेत्रीले पत्रकार आचारसंहिता, समाचार लेखन शैली, चलचित्र पत्रकारिताको इतिहास, विश्च सिनेमाको इतिहास, फोटोपत्रकारिता, साइबर क्राइम, भिडियो कथ्य शैली, प्रस्तोता तथा चलचित्र पत्रकारिताको महत्त्वलगायतका शिर्षकमा कक्षा सञ्चालक भएका थिए।

प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत भुसालले कार्यशालाको क्रममा यसको महत्वबारे चर्चा गरे। 'अहिले विधागत पत्रकारितामा चलचित्र पत्रकरितामा समस्या पनि उत्तिकै सुनिन्छन्', उनले भने, 'यस्ता कार्यशालाले स्वनियमन गर्न मदत गर्छ।'

संचारकर्मी, लेखक तथा निर्देशक प्रकाश सायमीले चलचित्रको इतिहासबारे चर्चा गर्दै समीक्षा गर्न चलचित्र बुझ्नु आवश्यक रहेको बताए। 'कथा भन्ने शैलीमा परिवर्तन आइरहेका छन्। त्यसैले मेकर्सझैँ समीक्षक पनि चनाखो हुनु जरुरी छ',  उनले भने।

फोटोपत्रकार बिकास रौनियारले चलचित्र पत्रकारितामा फोटोको प्रमुख भुमिका रहने बताउँदै यसका आधारभूत मापदण्ड पालना गर्नुपर्ने बताए। छायाँकार बिष्णु कल्पितले भिडियोको भाषा र यसको बुझाईबारे प्रष्ट पारेका थिए।

worldlink

पत्रकार केपि ढुंगानाले पत्रकार हुँ भन्दैमा गल्ती गर्ने छुट कसैलाई नभएको बताउँदै गल्ती गर्ने सबैले कारबाहीको भागिदार बन्नुपर्ने बताए। पत्रकार नरेश भट्टराईले प्रस्तोताहरू पनि पत्रकार नै भएको बताउँदै यसको स्कोपका बारे चर्चा गरे। 

शनिबार नै आयोजना गरिएको समापन कार्यक्रममा प्रमुख अतिथि रहेका चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र पत्रकार चलचित्र क्षेत्रकै महत्त्वपूर्ण अंग रहेको बताउँदै नीतिगत रुपमा नै चलचित्र पत्रकारहरुलाई राज्यले विभिन्न सहयोगहरु गर्ने बताए । 

चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष दिनेश सिटौलाले कार्यशालामा सिकेका कुराहरुले चलचित्र पत्रकारिताको कर्म गर्न सहयोगी भूमिका खेल्ने बिश्वास लिएको बताए।

प्रकाशित: Jan 29, 2023| 12:37. 59 आइतबार, माघ १५, २०७९

थप समाचार

गणेश भट्ट अभिनित म्युजिक भिडियो सार्वजनिक

चर्चित मोडल गणेश भट्ट अभिनित मैसाब गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। शिवजी डान्स सेन्टरले तयार पारेको म्युजिक भिडियो मंगलबार सार्वजनिक गरिएको हो।

बैंकर डंगोललाई इलाम स्वर्गकै टुक्रा लागेपछि...

डंगोल इलामलाई स्वर्गकै एक सुन्दर टुक्राको रूपमा चित्रण गर्छन्। पहिलो पटक कन्याम जाँदा आफूलाई स्वर्ग नै पुगेझैं| महशुस भएको उनले बताए।

गायक खड्ग गर्बुजाको गीतमा राहुल र केकीको अभिनय

बालाजु नजिक धर्मस्थलीको आकाशमा बादल डम्म लागेको थियो, पानी पर्ने डरैडरका बावजुद अभिनय गर्दै थिए, लोक गायक खड्ग गर्बुजा पुनमगर।

चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी

चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित भएका छन्। शनिबार काठमाडौंमा सम्पन्न संघको १९औं महाधिवेशनबाट निरौला निर्वाचित भएका हुन्।