शनिबार, चैत ११, २०७९

गोविन्दाः हिरो बन्न २४ लाख गायत्री मन्त्र जप

बलिउडका ‘राजा बाबू’ अर्थात् गोविन्दाले आफ्नो स्टारडमका कारण बलिउडमा कुनै समय सबैलाई हैरान बनाएका थिए।
 |  आइतबार, माघ १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ १५, २०७९

मुम्बई- बलिउडका ‘राजा बाबू’ अर्थात् गोविन्दाले आफ्नो स्टारडमका कारण बलिउडमा कुनै समय सबैलाई हैरान बनाएका थिए। एक समय यस्तो थियो कि गोविन्दाको नामले नै फिल्म सुपरहिट हुन्थ्यो। ठूला स्टार पनि गोविन्दाको अगाडि आफ्नो फिल्म रिलिज गर्न डराउँथे।

National life insurance

गोविन्दाले आफ्नो करियरको सुरुवात सन् १९८६ मा रिलिज फिल्म ‘इल्जाम’बाट गरेका थिए। उनको सोही वर्ष  अर्को फिल्म ‘लव डट’ रिलिज भयो। दुवै फिल्म बक्सअफिसमा सुपरहिट भयो। यद्यपि सन् १९९२ मा रिलिज फिल्म ‘शोला और शबनम’ले गोविन्दाले कमेडी किंगको पदक नै पाए। आफ्नो करियरमा १ स्य ६५ भन्दा बढी फिल्ममा अभिनय गरेका गोविन्दाले कम उमेरमै सफलता पाए। उनी जहिल्यै आमालाई यसको श्रेय दिन्छन्।

गोविन्दाका अनुसार उनले केवल १४ वर्षकै उमेरमा २४ लाख गायत्री मन्त्रको जप गरेका थिए। ‘मैले जे पाएँ, आमा बाबुको आशीर्वादबाट पाएँ। खास रुपमा आमाको नाम यसकाण लिन्छु कि जब म १४ वर्षको थिएँ। त्यो बेला आमाले मलाई गायत्री उपासना गर्नु भन्नुभयो। मैले २४ लाख गायत्री उपासना गरें। म कहिल्यै हिरो देखिन्न थिएँ। तर गायत्री मन्त्र जपेपछि म हिरो देखिन थालें’, उनले भनेका छन्।

गोविन्दाले मात्र २२ वर्षको उमेरमा एकसाथ ५० फिल्म साइन गरेका थिए। यस्तो घटना मुम्बई फिल्म उद्योगमा कहिल्यै भएन। यति धेरै फिल्म साइन गरेपछि गोविन्दालाई लिएर एक पत्रिकाले कभर स्टोरी गरेको थियो, जसमा उनलाई ‘सुनको अण्डा दिने कुखुरी’ भनिएको थियो। 

प्रकाशित: Jan 29, 2023| 09:57. 20 आइतबार, माघ १५, २०७९

थप समाचार

गणेश भट्ट अभिनित म्युजिक भिडियो सार्वजनिक

चर्चित मोडल गणेश भट्ट अभिनित मैसाब गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। शिवजी डान्स सेन्टरले तयार पारेको म्युजिक भिडियो मंगलबार सार्वजनिक गरिएको हो।

बैंकर डंगोललाई इलाम स्वर्गकै टुक्रा लागेपछि...

डंगोल इलामलाई स्वर्गकै एक सुन्दर टुक्राको रूपमा चित्रण गर्छन्। पहिलो पटक कन्याम जाँदा आफूलाई स्वर्ग नै पुगेझैं| महशुस भएको उनले बताए।

गायक खड्ग गर्बुजाको गीतमा राहुल र केकीको अभिनय

बालाजु नजिक धर्मस्थलीको आकाशमा बादल डम्म लागेको थियो, पानी पर्ने डरैडरका बावजुद अभिनय गर्दै थिए, लोक गायक खड्ग गर्बुजा पुनमगर।