बिहीबार, मंसिर १३, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

आज एकै चोटी तीन फिल्मको रिलिज

 |  आइतबार, पुस १६, २०७४
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

himalayan bank box
Metro Mart
vianet
हरेक शुक्रबार सिने क्षेत्रको लागि महत्वपूर्ण  दिन हुन्छ । चाहे त्यो बलिउड, हलिउड वा कलिउड मै किन नहोस् । 

असोज १२ गते शुक्रबार, तीन नेपाली फिल्महरू रिलिज भएका छन् । ‘कथा काठमाडौँ’,  ‘अनुराग’ र ‘छिरिङ’ यी तीन फिल्मले आज हल तथा दर्शक बाँडेका छन् । 

लेखक तथा टेलिफिल्म निर्देशन गर्दै आएकी संगीत श्रेष्ठ यस फिल्मकी निर्देशक हुन् । सपनाको सहर मानिने काठमाडौमा रहने विभिन्न मानिस र उनीहरूको जीवन कथामा आधारित छ, यस चलचित्र ।  

चलचित्रमा, प्रियंका कार्की, प्रमोद आग्राही, आयुष्मान् देशराज, सैजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारी आदि कलाकार छन् । फिल्मलाई पीजी सर्टिफिकेट दिएको छ  । प्रियंका कार्की र प्रमोद आग्राहीको अन्तरैग दृष्यले सिने क्षेत्र र दर्शकमा मिश्रित प्रतिक्रिया पाएको छ । 

त्यस्तै, धमला फिल्मको ब्यानरमा निमार्ण भएको चलचित्र अनुराग पनि आजैबाट प्रदर्शनमा आएको छ । ऋषि धमलाको निर्माणमा बनेको यस चलचित्रमा भने एलिजा गौतम र संजोग श्रेष्ठ प्रमुख स्टार रहेका छन् । दुवै नायक नायिकाको डेब्यु फिल्म हो । 

‘छिरिङ’ यस कुमार र यम थापाको निर्देशनमा बनेको चलचित्र हो । फिल्ममा,  निमा राम्बा, कामना भुजेल प्रमुख पात्र छ । विकट क्षेत्र र त्यहाँका समस्या अनि माया प्रेमलाई मुख्य विषय बनाएको छ  । यी तीनमा दर्शकको साथ कसले पाउँला त्यो थाहा पाउन भने फिल्म रिलिज पछि नै थाहा हुनेछ । 



प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्