शुक्रबार, भदौ ५, २०८३

'जता पनि ठिक्क पार्ने' नेतालाई शेखर कोइरालाले भने- यो राम्रो होइन

तर पार्टीमा नेताहरूलाई भेट्दै सबैलाई उम्मेदवार बन्नुपर्छ भन्दै उकास्ने र 'जता पनि ठिक्क पार्ने' प्रवृत्ति रहेको समेत उनले बताएका थिए। उनले ती नेताहरूको प्रवृत्ति ठिक नभएको समेत बताए।
 |  मंगलबार, साउन २६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २६, २०७८

काठमाडौं- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले संस्थापन इतरबाट सभापतिका लागि एक जना मात्र उम्मेदवार तय गरिनुपर्ने धारणा राखेका छन्। मंगलबार संस्थापन इतरका जिल्ला सभापतिहरूको भेलामा सहभागी भएका नेता कोइरालाले यस्तो बताएका हुन्। 

'हाम्रो समूहबाट एक जना उम्मेदवार हुनुपर्छ,' उनले भने। तर पार्टीमा नेताहरूलाई भेट्दै सबैलाई उम्मेदवार बन्नुपर्छ भन्दै उकास्ने र 'जता पनि ठिक्क पार्ने' प्रवृत्ति रहेको समेत उनले बताएका थिए। उनले ती नेताहरूको प्रवृत्ति ठिक नभएको समेत बताए। 

'म कहाँ आएर माहोल राम्रो छ, छोड्नु हुन्न भन्ने। रामचन्द्र दाइकोमा गएर उहाँलाई पनि माहोल राम्रो छ, छोड्नु हुन्न भन्ने। अरू जुन नेताकोमा पुग्यो त्यही नेतालाई माहोल राम्रो छ छोड्नु हुन्न भन्ने। यो राम्रो भएन,' उनले भने, 'तँ कमजोर छस् भनेर भन्ने भए मलाई भन्नुस्, म छडौँला। तर सबैसँग भेटेर माहोल राम्रो छ, छोड्नुहुन्न भन्ने उही कुरा गर्नु राम्रो होइन,' उनले भनेका थिए। 

सोही कार्यक्रममा नेपाली कांग्रेसका अर्का नेता गगन थापाले तोकिएको समयमा कांग्रेस महाधिवेशन गर्ने मुख्य दायित्व प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाकै भएको बताए। 

'पार्टी सभापतिले भदौ १६ मा महाधिवेशन हुन्छ भनेर भन्नुभएको छ। अब महाधिवेशनको चिन्ता गर्ने जिम्मा उहाँकै हो। विकल्प दिने हो भने पनि जिम्मा पनि उहाँकै हो। हामीले चिन्ता गर्न पर्दैन,' जिल्ला सभापति भेलामा थापाले भने। 

सभापति भेलाले पार्टीको आसन्न महाधिवेशन, कोरोना महामारीलगायतका विषयमा चारबुँदे निष्कर्षसमेत निकालेको छ। नुवाकोट कांग्रेस सभापति जगदीश्वरनरसिंह केसीका अनुसार चार क्रियाशील सदस्यताको विवाद तत्काल टुंग्याउनुपर्ने र टुंगो लाग्न नसके अर्को महाधिवेशनका लागि थाती राख्नुपर्ने निष्कर्ष भेलाको छ। यद्यपि भेलामा नेताहरूले बोल्ने क्रम जारी छ।  

यी हुन् चार निष्कर्ष

१. क्रियाशील सदस्यता चाँडो टुंगो लगाउने, नयाँ कार्यतालिका ल्याएर  भ्याउने अवस्था रहे नियमित महाधिवेशन 

२. नियमित महाधिवेशन हुन नसके ०१४ नजिर र पार्टीको विधानमा टेकेर विशेष महाधिवेशन 

३. विद्यार्थी र शिक्षकलाई अविलम्ब खोप र पठनपाठन सञ्चालन गर्न माग

४. सबै खालका भ्रष्टाचार र भ्रष्टाचारका काण्ड छानबिन गर्न पूर्वप्रधानन्यायाधीको संयोजकत्वमा स्वतन्त्र छानबिन आयोग गठन गर्न माग 

प्रकाशित: Aug 10, 2021| 18:13 मंगलबार, साउन २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...