सोमबार, मंसिर १, २०८२

बिग बोसको १२ संस्करण-शुरु भयो प्रेमका माहोल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
कलर्स च्यानलमा प्रशारित भइरहेको चचित टेलिभिजन कार्यक्रम ‘बिग बोस १२’ को चर्चा शुरु भएको छ । एउटै घरमा रहेका धेरै व्यक्तिबीचको झगडाको विषयलाई समेटेर तयार पारिएको यो कार्यक्रमलाई धेरैले रुचाएर हेर्ने गरेका छन् । 

कार्यक्रमको अहिलेसम्म प्रशारित अंक हेर्दा अब प्रेमको माहोल शुरु भएको छ । यो सिजनकोे पहिलो  प्रेम जोडीका रुपमा रहेका शिवाशीष मिश्रा र कृत्ति वर्माबीच बढेको हिमचिम सबैको नजरमा पुगेको छ । उनीहरू सम्भवत : बिग बोस १२ कै पहिलो जोडी हुने भएका छन् ।

बिग बोसको आधिकारिक ट्वीटरमा सार्वजनिक गरिएको एक भिडियोमा कृतिले शिवाशीषलाई जिस्काउदै स्विमिङ पुलमा धकेलिएकी थिइन् । जसको कारण शिवाशीषको माइक भिजेको थियो भने अन्य बिग बोसका सहकर्मीले सम्झाए पछि उनले माफी पनि मागेकी थिइन् । जसलाई शिवाशीषले नजरअन्दाज गरेका थिए। 

त्यसतै, अर्को क्लिपमा शिवाशिषले पनि  कृतिलाई वर्कआउटको बेला जिस्काइ रहेको देखाइएको छ । 

यस विषयमा सलमानले पनि उनीहलाई प्रश्न गरेको थिए । दुवैले एक असल साथी रहेको बताएका छन् । यस अघिको बिग बोस ११ को सिजनमा, पुनिश र बंदगीको जोडी देखिएको थियो । उनीहको जोडी धेरै समयको लागि टिकेको थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्