शनिबार, चैत ११, २०७९

पठानमार्फत आफ्नो छवि बदल्न चाहन्छन् शाहरुख

३२ वर्षअघि पहिलोपटक हिन्दी फिल्ममा पाइला चाल्दा उनी एक्सन हिरो बन्न चाहन्थे। यहीकारण उनले रिलिजको तयारीमा रहेको फिल्म ‘पठान’मा जासुसको भूमिका निभाएका छन्। यो उनका लागि एउटा सपना पूरा हुन लागेजस्तै हो।
 |  बिहीबार, माघ ५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ५, २०७९

मुम्बई- अभिनेता शाहरुख खानलाई बलिउडमा ‘रोमान्सको बादशाह’ भनिन्छ, तर यी अभिनेताको बलिउड यात्राको चाहना भने अलग थियो। 

National life insurance

३२ वर्षअघि पहिलोपटक हिन्दी फिल्ममा पाइला चाल्दा उनी एक्सन हिरो बन्न चाहन्थे। यहीकारण उनले रिलिजको तयारीमा रहेको फिल्म ‘पठान’मा जासुसको भूमिका निभाएका छन्। यो उनका लागि एउटा सपना पूरा हुन लागेजस्तै हो।

‘३२ वर्षअघि म फिल्म उद्योगमा एक एक्सन हिरो बन्नका लागि आएको थिएँ। तर म यसमा चुकें किनकि बलिउडले मलाई रोमान्टिक हिरो बनाइदियो। म केवल एक्सन हिरो बन्न चाहन्थें’, शाहरुख भन्छन्,  ‘मेरो अर्थ हो कि ‘दिलवाले दुल्हनिया ले जाएँगे’ मनपर्छ र म राहुल र राज र यी सबै केटा (फिल्मका चरित्र) सँग प्रेम गर्छु । तर मलाई जहिल्यै लाग्थ्यो कि म एक एक्सन हिरो हुँ, त्यसकारण मेरा लागि यो सपना साँचो हुनुजस्तै हो।’

सन् २०२२ मा बलिउडको निराशाजनक प्रदर्शनपछि सन् २०२३ मा सिद्धार्थ आनन्दद्वारा निर्देशित ‘पठान’ बलिउडको रिलिज हुन लागेको पहिलो फिल्म हो। यसअघि शाहरुखले फिल्म ‘जीरो’मा पनि मुख्य भूमिका निर्वाह गरेका थिए। ‘पठान’मा शाहरुखका अलावा दीपिका पादुकोण, जोन अब्राहम, डिम्पल कपाडिया र आशुतोष राणाको पनि अभिनय छ।

प्रकाशित: Jan 19, 2023| 11:27. 09 बिहीबार, माघ ५, २०७९

थप समाचार

प्रेमीदेखि पितासम्मको पात्रमा जमेका विपिन

‘लूट’, ‘छड्के’, ‘पशुपति प्रसाद’, ‘नाका’, ‘हरि’लगायत चलचित्रमा निर्वाह गरेका चरित्रले पहिचान स्थापित भए तापनि अभिनेता कार्कीलाई ‘जात्रा’पश्चात् दर्शकले चिनेका हुन्।

तीन सातामै छक्कापञ्जा ४ ले कमायो १५ करोड

प्रदर्शनको तेस्रो सातासम्म आइपुग्दासमेत चलचित्र छक्कापञ्जा ४ को अकुपन्सी क्रमशः उकालो लाग्दै।

सिक्वेललाई ठाउँ छोडेको 'छक्का पञ्जा ४' : दीपकको पात्रमात्रै बलियो

राजनीतिक दल, कर्मचारी, सार्वजनिक संस्थामा देखिएको विकृतिलाई यस फिल्ममा देखाइएको छ। 

साहित्यकार गीता खत्रीलाई अनेसास डायस्पोरा नारीरत्न

कथा, नियात्रा, कविता, गीत, खण्डकाव्यलगायतका विधामा कलम चलाउँदै आएकी खत्री अनेसासको अध्यक्ष हुने पहिलो महिला हुन्।